२३ साउन काठमाडौँ । श्रावण शुक्ल पूर्णिमाका दिन साउन २३ गते सोमबार राति चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ

सोमबार राति ११ बजेर ७ मिनेटदेखि ग्रहणले स्पर्श गर्ने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । राति १२ बजेर ६ मिनेटमा ग्रहणको मध्यकाल हुनेछ ।

एक बजेर चार मिनेटमा मोक्षकाल अर्थात् ग्रहण सकिने उनले बताए ।

एक घण्टा ५७ मिनेट लाग्ने ग्रहण नेपालबाट पनि देखिनेछ ।

चन्द्रबिम्बको दक्षिण दिशामा मात्रै कालो छायाँ देख्न सकिन्छ ।

छायाँ आग्नेयकोणबाट प्रवेश गरी नै ऋत्यकोणबाट बाहिर निस्कन्छ ।

शास्त्रीय रुपमा बालक, वृद्ध र रोगी बाहेककालाई दिउँसो २ बजेर सात मिनेटदेखि भोजन निषेध गरिएको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here