२२ साउन कुश्मा पर्वत । घुम्ति लाम्पाट मोटरएवल पूलको ७५ प्रतिशत काम संपन्न भएको छ । वैकल्पिक राजमार्गको रुपमा हेरीएको घुम्ति लाम्पाटा,हिमालय मा.वि.पाङ,खनियाघाट सडकलाई जोड्नका लागी उक्त पूलको निर्माण हुन लागेको हो । वैकल्पीक राजमार्गको रुपमा विकास गर्ने गरि पर्वत क्षेत्र नं. एकका सांसद अर्जुन प्रसाद जोशीको पहलमा निर्माण शूरु गरिएको हो ।

वि.स.२०७२ माघमा सांसद अर्जुन प्रसाद जोशीले घुम्ति लाम्पाट पूलकाे शिलान्यास गरेका थिए । कुश्मा नगरपालिका वडा नं. २ रिठेखोलामा संपन्न हुन लागेको पुलको निर्माण कार्य दुर्तगतिमा भएको छ । उक्त पूलको जग फाउण्डेशन गर्ने कार्य देखि ढलान गर्ने,दवै पट्टि वाल लगाउने कार्य सम्पन्न भएको छ । कूल लागत तीन करोडमा निर्माण हुन लागेको उक्त पूलको ७५ प्रतिशत रकम समेत निकासा भएको छ ।

नयांवाटो निर्माण सेवा पोखराको जेभीमा ह्याप्पी कन्ट्क्सन पर्वतका संचालक राजु प्रसाद शर्माले निर्माण गरेका हुन । निर्माणमा प्रयोग गरिएका छड,सिमेन्ट गणस्तरयूक्त रहेको स्थानियको भनाई रहेको छ । अव २५ प्रतिशत वांकी काममा सेलेप ढलान गर्ने,सेफ्टी पिलर निर्माण गर्ने रहेको छ ।

दुइ वर्ष अवधिमा सम्पन्न गर्ने गरि ठेक्काको संझौता भएको उक्त पूलको संपुर्ण निर्माण कार्य आगामी २०७४ कार्तिक मसान्त सम्ममा सम्पन्न गर्ने कूरा पुल निर्माणका जेभी संचालक राजु प्रसाद शर्माले वताए ।

नेपाल सरकार सडक डिभिजन कार्यालय वाग्लुङ मार्फत निर्माण कार्य अगाडी वढाएको उक्त मोटरएवल पूल संपन्न भए पछि वैकल्पीक राजमागर्काे रूपमा काम गर्नुका साथै खुर्कोट,पाङ,नाग्लीवाङ,वनौ लगायतका स्थान वाट कृषि उपजको वजार सम्म सहज पहुच पुग्ने छ ।

घुम्ति,लाम्पाट,हिमालय मा.वि.पाङ खनियाघाट वैकल्पीक राजमार्गका लागी नौ लाख पचास हजार विनियोजन भई निर्माण कार्य  निरन्तर अगाडी वढीरहेको छ । यस सम्वन्धमा थप जानकारी लीनका लागी सडक डिभिजन कार्यालय वाग्लुङ्का कार्यालय प्रमूख संग संपर्क गर्दा संपर्क हुन सकेन ।