२१ साउन भरतपुर, – भतरपुर महानगरपालिकाको प्रमूखमा कांग्रेस–माओवादी गठबन्धनकी उम्मेदवार रेणु दाहाल विजयी भएकी छन् ।

एमाले उम्मेदवार देवी ज्ञवालीलाई २ सय ३५ मतले पछि पार्दै रेणु प्रमूखमा निर्वाचित भएकी हुन् ।

त्यसैगरी उपप्रमुखमा कांग्रेसकी पार्वती शाह विजयी भएकी छन् । उनले  एमालेकी दिव्या शर्मा आचार्यलाइ पराजित गरेकी हुन् । यद्यपि निर्वाचन कार्यालयले औपचारिक घोषणा गर्न बाँकी छ ।

माओवादी कार्यकर्ताले मत पत्र त्यातेकाले कांग्रेस कार्यकर्ताले आफ्ना उम्मोदवारलाई मत दिने एमालेको अनुमान थियो । तर, नतिजा त्यस्तो भएन ।

कांग्रेस र माओवादी गठवन्धन वैशाख ३१ मा भड्किएका कांग्रेस कार्यकर्ता र शुभचिन्तकलाई एकठाँउमा ल्याउन एक हदसम्म सफल भएको देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here