२१ साउन पर्वत  ।

भरतपुर महानगरमा माओवादी–काँग्रेस गठबन्धनकी प्रमूख पदका उम्मेदवार रेणु दाहालले अग्रता बढाएकी छन् । २० नम्बर वडाको मत गणना अन्तिम चरणतिर पुग्दा दाहालले १५६ मतले अग्रता लिएकी हुन् ।

पछिल्लो मतपरिणाम अनुसार दाहालले ४२ हजार ९ सय १३ मत र एमाले उम्मेदवार देवी ज्ञवालीले ४२ हजार ७  सय ५७ मत ल्याएका छन्

भरतपुर २० नम्बर वडामा ३ हजार ३ सय २ मत खसेको थियो । १९ नम्बरको मतगणना सकिँदा ज्ञवालीले नै अग्रता लिएका थिए । शुक्रबार पुनः मतदान भएको वडा नम्वर १९ मा भने नेपाली काँग्रेसको प्यानलनै विजयी भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here