शिवराज शर्मा  २१ साउन कुश्मा पर्वत ।
नेपाली कांग्रेस कुश्मा नगरपालिका वडा नं. २ खुर्कोटले समिक्षा वैठकको आयोजना गरि स्थानिय तह निर्वाचन २०७४ को समक्षिा गरेको छ । वैशाख ३१ गते सम्पन्न स्थानिय तह निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार वडा अध्यक्ष सहित चार जनाले विजयी हासील गरेका थिए । उक्त समिक्षा वैठकमा समग्र चनावी कार्यक्रम व्यवस्थापन,प्रचार प्रसार,आर्थिक व्यवस्थापन,अनुगमन,युवा परिचालन लगायतका विषयमा समिक्षा भएको थियो ।

वडा संयोजक कालीभक्त शर्माको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व जिल्ला कार्यसमिति सदस्य द्रोणराज पौडेलले संगठनलाई अझ सशक्त वनाई लानु पर्ने,हामीले एक जना वडा सदस्यले उम्मेदवारी फिर्ता लिनाले गुमाएका छौं । पार्टीको दिर्घकालीन सोच नभएका कारण एक जना सदस्य गुमाउनु परेको हो । पार्टीले यस्ता विषयमा व्यापक छलफल गरेर निर्णय गर्नु पर्दथ्यो । क्षत्रिय सभापती गंगाधर पौडेलले सदस्य पदमा उम्मेदवार दीने र पछी किन निकाले त्यो विषयमा कुनै जानकारी नभएको धारणा व्यक्त गरे । जस्ले गर्दा आज कुश्मा नगरपालिका अल्फमतमा परेर कार्य संचालनमा नै असर गरेको छ ।

त्यस्तै लोकतान्त्रिक गैरसरकारी संस्था महासंघका अध्यक्ष गणेश वहादुर क्षेत्रीले नेपाली कांग्रेसको संगठन वडा नं. २ मा शसक्त भएको,खोलको किनारा लगाउदै वारीको उम्मेदवार भएमा पारीकाले सहयोग नगर्ने र पारीको उम्मेदवार भएमा वारीकाले सहयोग नगर्ने प्रवृत्तिको अन्त्य भएको,चुनावमा सवै उपसमितिहरु कृयाशिल भएको,एक अर्का समितिका विचमा राम्रो समन्वय भएको कारण चुनाव जित्न सफल भएको धारणा व्यक्त गरेका थिए ।

विजयी वडा अध्यक्ष यदु प्रसाद वास्तोलाले चुनावमा सवैको सहयोग भएका कारण नै अत्याधिक मतले हामी सवै सदस्यहरु विजयी भएका हौं । विजयी गराउनुहुने सवै मतदाता,पार्टी कार्यकर्ता सवैलाई धन्यवाद दिएका थिए । अव जनताको मन जित्ने गरि कार्य गरि कांग्रेस पार्टीलाई सधै अग्रस्थानमा ल्याउने धारणा व्यक्त गरे । अव म सवैको वडा अध्यक्ष भएका कारण पार्टी विषेशको मात्र काम नगरी सवै जनताको समान हिसावले काम गर्ने कुनै कमी कमजोरी भएमा पार्टीले निर्देशन गर्न अनुरोध गरे ।

समिक्षा वैठकले वडा नं २ वासी सवै मतदातालाई धन्यवाद ज्ञापन गरेको छ । त्यसै गरि मतदातामा नामावली छुट हुन गएका नागरीकलाई साउन ३२ गते सम्म नामावली दर्ता गर्न अनुरोध गर्ने । आगामी संघ र प्रदेशको चुनावमा नेपाली कांग्रेसलाई अत्याधिक मतले विजयी गराउन संगठनलाई अझ चुस्त दुरुस्त वनाउने निर्णय गरेको कुरा वडा संयोजक काली भक्तले जानकारी दिए ।

कार्यक्रममा नेपाली कांग्रेस २ नम्वर वडा सह–संयोजक छत्रराज रेग्मी, कुश्मा नगर समितिका कोषाध्यक्ष शिवराज शर्मा,कृयाशील सदस्य रमेश राज सुवेदी,सर्वे नेपाली लगायतले धारणा राखेका थिए । उक्त कार्यक्रमको संचालन नोपली कांग्रेस वडा समितिका सह सचिव नारायण गीरीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here