२१ साउन, चितवन । भरतपुर महानगरपालिकामा करिव एक हजार तीन सय दुइ मत गणना गर्न बाँकी रहँदा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले अग्रता लिएकी छन् ।

कांग्रेसको समेत समर्थन पाएकी उनले एमाले उम्मेदवार देवी ज्ञवालीले भन्दा ५७ मत बढी पाएकी छन् । रेणुको मत ४२ हजार ५८९ छ भने देवीले ४२५३२ मत पाएका छन् ।

माओवादी उम्मेदवार रेणुले अघिल्लो पटक भन्दा बढी भोट पाएकी छन्, जसका कारण १९ वडाको गणना सकिँदा एमाले उम्मेदवार देवीको अग्रता २२१ मा झर्‍यो ।

माओवादी कार्यकर्ताले मत पत्र त्यातेकाले कांग्रेस कार्यकर्ताले आफ्ना उम्मोदवारलाई मत दिने एमालेको अनुमान थियो । तर, नतिजा त्यस्तो भएन ।

कांग्रेस र माओवादी गठवन्धन वैशाख ३१ मा भड्किएका कांग्रेस कार्यकर्ता र शुभचिन्तकलाई एकठाँउमा ल्याउन एक हदसम्म सफल भएको देखिएको छ ।

२० नम्बर वडाको २ हजार मत गणना गर्दा एमाले उम्मेदवार देवीलाई पछि पार्दै रेणु ५७ मतले अगाडि लागिन् ।

अब वडा नः २० को ३३०२ मत खसेको थियो । अब करिव १ हजार ३ सय २ मत मात्र गणना गर्न बाँकी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here