२१ साउन कुश्मा पर्वत, ।

मुलुककै अग्लो कुश्मा–ज्ञादी झोलुङ्गे पुल परिसरमा बृक्षारोपण गरिएको छ । लायन्स क्लव अफ पर्वत चौतारीको आयोजनामा पुलसँगै रहेको पिस पार्कमा बृक्षारोपण गरिएको छ । पिपल, समि, धुपी, कल्की लगायतका एक सय भन्दा बढि बिरुवा रोपिएको लायन्स क्लव अफ पर्वत चौतारीका अध्यक्ष पुरुषोत्तम आचार्यले जानकारी दिनुभयो ।

पर्यटकीय दृष्टिकोणले महत्वपुर्ण मानिने अग्लो पुलमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई सितल छहारिमा बसेर अबलोकन गर्न सहज होस भन्ने उद्धेश्यले बृक्षारोपण गरिएको हो । यस अघि पनि सामाजिक क्षेत्रमा क्रियाशिल उक्त लायन्सले विभिन्न काम गर्दै आएको थियो ।

बृक्षारोपण कार्यक्रममा प्रमुख अतिथि डिस्ट्रिक्ट एड्भाईजर लायन बसन्तकुमार कर्माचार्यले सामाजिक क्षेत्रमा पर्वतका लायन्स क्लवहरुले गरेका क्रियाकलापहरुको प्रसंसा गर्दै समाज विकासमा निरन्तर क्रियाशिल रहन आग्रह गर्नुभयो । उहाँले पर्यटकीय स्थलहरुको प्रचार प्रसार र प्रवद्र्धनका लागि स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा लायन्सले उदाहरणीय काम गरेको पनि बताउनुभयो ।
कार्यक्रममा कुश्मा नगरपालिका वडा नं. ५ का अध्यक्ष चित्रकला शर्माले पनि बोल्नुभएको थियो । कार्यक्रममा लायन्स चौतारीका अध्यक्ष पुरुषोत्तम आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत इश्वरी पाठक स संचालन यामनाथ शर्माले गर्नुभएको थियो ।

कार्यक्रममा जिल्लाका अन्य लायन्स क्लवका प्रमुख तथा प्रतिनिधिहरु, सिसेफ क्लवका प्रतिनिधि तथा सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here