दिपायलबाट बोगटान गाउँपालिकाको चबराचौताराका लागि छुटेको जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । शैलेश्वरी यातायातको से १ ज ४९१ नम्बरको जीप दुर्घटनामा परि ४ जना गम्भीर घाईते भएका छन् ।

शुक्रबार राति साढे १० बजे बोगटान गाउँपालिका–६ गगुडामा दुर्घटना भएको हो ।

दुर्घटनामा परि मृत्यु हुनेहरुमा बोगटान गाउँपालिका वडा नम्बर-१ सिमचौरका बिष्णुबहादुर मगर, भिम घर्तिमगर, बुढो घर्ति मगर, गोरख थापा, शसिराम बहादुर पुनमगर, ललीता देबी पुन, टेकबहादुर पुनमगर, चन्द्रबहादुर घर्तिमगर र शिखर नगरपालिका- १ कपल्लेकीका चालक कृष्णबहादुर नेघी रहेकोे जिल्ला प्रहरी कार्यालय डोटीका डिएसपी शिब बहादुर सिंहले जानकारी दिए ।

गम्भिर घाइतेहरूलाइ उपचारका लागी नजिकैकाे स्वास्थ्य केन्द्रमा भइरहेकाे छ ।

चारजना गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षकसिंहले बताए ।

फाईल तस्बिर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here