एजेन्सी । राजा–महाराजा तथा धनाढ्यहरुको कल्पनामा रहने सुनको शौचालय सर्वसाधारणहरुका लागि समेत खुला भएको छ ।

न्युयोर्ककको सोलोमोन आर गुगेनहिम संग्रालयले सुनबाट बनेको शौचालय आफ्ना आगन्तुकहरुको प्रयोगको लागि खुला गरेको हो ।

उक्त शौचालय इटालीका कलाकार काटेलानले तयार पारेका हुन् ।

अधिकांश कलाकारले निर्माण गरेको सिर्जनालाई हातले छुन दिने चलन छैन । यद्यपि गुगेनहिम म्युजियमले भने आगन्तुकहरुलाई त्यसको प्रयोगसमेत गर्न दिने भएको छ ।

५४ किलो सुन प्रयोग गरेर तयार पारिएको उक्त कमोटको मूल्य २६ करोड ६९ लाख रुपैयाँ पर्छ ।

सम्बन्धित समाचार