२० साउन बागलुङ। जिल्लाको ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकाका विभिन्न स्थानमा पहिरो जाँदा २ जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन्। अविरल बर्षापछि बिहीबार राति खसेको पहिरोले पुरिदा ढोरपाटनको अधिकारीचौर पाखापानीमा ५४ वर्षीय ओमप्रकाश बिक र निसीखोला गाउँपालिका वडा नम्बर १ हुल्दीमा एक बृद्धको मृत्यु भएको प्रहरीले जनाएको छ। अधिकारीचौरमा घरमाथिबाट आएको पहिरोले बिक सहित पाँच जनाको परिवार रहेको थियो। बिकका तीन छोरी र श्रीमतीलाई स्थानीयले उद्धार गरे पनि बिकलाई बचाउन नसकिएको स्थानीयले बताएका छन्।
यस्तै, निसीखोला गाउँपालिका वडा नं. २ देविस्थानको बाहुनगाउँका मनिराम छन्त्यालको घर पहिरोले पुरिदा चारजना बेपत्ता भएको ईलाका प्रहरी कार्यालय भिवाकोखोला बोहोरागाउँ सही रिण बहादुर पैदवारले जानकारी दिए।
बेपत्ता हुनेमा ६८ बर्षिय मनिराम छन्त्याल, उनकी श्रीमती ६३ बर्षिय नन्दकली छन्त्याल, २२ बर्षिय बुहारी विन्दु छन्त्याल, १८ बर्षिय छोरी गिता छन्त्याल रहेको प्रहरीले जनाएको छ। उद्धार टोलीमा खटिएका प्रहरीका अनुसार बेपत्ता नन्दकली र बुहारी विष्णुको शरिरको केही भाग देखिएको उनको उद्धारका लागि खटिरहेको बताईएको छ। पहिरो आज बिहान ५.३० मा गएको र घर नै सबै बगाएको स्थानिय बताउँछन।
शुक्रबार बिहान देविस्थानका गोगलाल मल्लको घर पनि खोलाले बगाएको छ भने देविस्थान स्वास्थ्यचौकी सहित अन्य घर थुप्रै घर बाढी पहिरोको उच्च जोखिममा परेको देविस्थान स्वास्थ्य चौकीका हेल्थ असिष्टेन्ट मुक्ति लोहोनीले बताए। पहिरोका कारण सडक अवरुद्ध भएपछि घटनास्थलमा बुर्तिबाङबा प्रहरी जाँदै गरेको। पहिरो प्रभावित क्षेत्रमा प्रहरी पठाइएको बागलुङका प्रहरी प्रमुख चन्द्रकुवेर खापुङले जानकारी दिए।