२० साउन कुश्मा पर्वत । पर्वतका गाउँगाउँमा नागरिकता टोली जाने भएको छ । कुश्मा नगरपालिका र पैयु गाउंपालिका वाहेका अन्य नगरपालिकामा र गाउँपालिकामा भाेली देखी नागरिकता टोली जाने भएको हो ।
मतदाता नामावली संकलन कार्यलाई समेत मध्येनजर गरेर नागरिकता वितरण गर्न लागीएको सहायक प्रमुख जिल्ला अधिकारी डिल्लीराम शर्मा पौडेलले जानकारी दिनुभयो ।
पौडेलका अनुशार साउन २० र २१ गते मोदी गाउँपालिकाको कार्यालय, २२ र २३ गते महाशिला गाउँपालिका र २१ र २२ गते विहादी गाउँपालिका, २४ र २५ गते जलजला गाउँपालिका र २७ र २८ गते फलेवास नगरपालिकाको कार्यालयमा नागरिकता वितरण गर्न लागिएको हो ।
नागरिकता प्रमाणपत्र नभएका, १६ वर्ष उमेर पुगेका नगरपालिका र गाउँपालिका भित्रका नागरिकहरुलाई कार्यालय पुगेर नागरिकता वनाउन जिल्ला प्रशासन कार्यालय पर्वतले अनुरोध गरेको छ ।
त्यस्तै १८ वर्ष उमेर पुगेका नागरिकहरुको लागि फोटोसहितको मतदाता नामावली संकलन कार्य नगरपालिका र विभिन्न गाउँपालिकाका केन्द्रमा चलिरहेको छ ।