२० साउन  रूकुम । रुकुमको कोल गाउपालिकाकी धनमाया (नाम परिवर्तन) को फेसबुकमार्फत कञ्चनपुरका एक युवकसँग परिचय भयो । कुराकानीसँगै मोवाइल नम्बर पनि साटासाट भयो । घण्टौं फेसबुकमै झुण्डिएर ति युवकसँग उनी गफिन्छीन । धनमाया ति युवकसँग प्रेममा फस्छिन ।
फेसबुकमा युवक र युवतीले आफ्नो तस्विर राखेका थिएनन् । अचानक एकदिन धनमायाको फेसबुक ब्लक भएपछि फोनमा कुराकानी हुन थाल्यो । फेसबुक र मोवाइलमा लामो समय कुराकानीपछि उनीहरु दुवै नजिक भए । ति युवकले धनमायालाई घुम्ने बहानामा बोलाउन थाले । धेरै कर गरेपछि धनमाया आफ्नी दिदिसँगै महेन्द्रनगर पुगिन् ।
युवकले उनलाई बनबसा पुलमा बोलाएका थिए । गड्डाचौकी नाका हुँदै जान लागेका दिदीबहिनीलाई माईती नेपालका कर्मचारीले रोकेर सोधपुछ गरे । त्यसपछि माईती नेपालका कर्मचारी युवतीहरुलाई गड्डामै राखेर युवक खोज्न हिंडे । नेपाली र भारतीय प्रहरीको सहयोगमा ति युवक पक्राउ पनि परे । उनी पक्राउ परेपछि धनमाया र उनकी दिदिलाई भारततिर पठाउन खोजेको रहस्य बाहिर आयो ।
‘धन्न हामी जोगियौं’ गत साता माईती नेपालले उद्धार गरेर फिर्ता ल्याएपछि घर जाने क्रममा भेटिएकी धनमायाले भनिन्, ‘फेसबुक र मोवाइलकै भरमा झण्डै बेचिएका थियौं ।’ युवकले झोलुंगे पुल, शुक्लाफाँटा र बनबसा पुल  घुमाइदिने भन्दै बोलाएको उनले बताइन् ।
मोवाईल र फेसबुकको बढो प्रयोगले केहि वर्षयता त्यसकै माध्यमबाट मायाप्रेमको जालमा फसेर कयौं युवतीहरु भारत पुगेको हुन सक्ने रोकथाममा लागेकाहरु बताउछन् । सिमामा रोकथाम गरिएकाहरु पनि अधिकांस मोवाइलबाटै सम्पर्क भएका छन् । ‘दुई/चार महिना सम्म कुराकानी हुन्छ, मोवाइलकै भरमा घर छाडेर हिड्छन् ।
फेसबुककै माध्यमबाट महेन्द्रनगरका नरेश अवस्थीसँग प्रेमसम्बन्ध सुरु भएपछि काठमाण्डौकि १७ वर्षीया एक किशोरी पनि घर छाडेर हिडेकी थिइन ।
सामाजिक संजाल फेसवुककाे प्रयाेग वाट धेरै सामाजिक कार्य पनि भएका छन् । तर यस्काे सहि प्रयाेग नहुनाले यस्का विकृितहरू दिनप्रतिदिन वढ्रदै गएछन् । खासगरि टिन एजका युवा युवतीहरूलाइ सचेत वनाइरहनु पर्ने अवस्था देखिएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here