रुख, घर तथा घारमा चाका बनाउने माहुरीले जहाजलाई पनि नछाड्ने भएको छ ।

सानो किराले कति ठूलो नोक्सान पूर्याउन सक्छ भन्ने कुरा एक हप्ताअघिको यो घटनाले देखाएको छ । जब माहुरीको एक झुण्डले अचानक हवाइजहाजमा धावा बोल्यो ।

घटना गत जुलाई २६ को हो । एलायन्स एयरको नाइन आइ ८६७ को जहाज भारतको हैदरावादबाट पूणेको लागि उडान भर्ने तयारीमा थियो । पाइलटले विमान उडाउनै लागेका थिए । अचानक रनवेमा माहुरीको एक झुन्ड देखापर्यो ।

ती माहुरी सीधै जहाजको विन्डस्क्रिनमा गएर टाँसिए । जसका कारण पाइलटले अगाडिको केही पनि देख्न पाएनन् । जसका कारण उनले उडान नै रोक्नुपर्यो ।

जहाजभित्र ६५ जना यात्रु थिए । जबसम्म जहाजको सिसामा टाँसिएका सबै माहुरी उडेर गएनन् तबसम्म पाइलटले जहाज उडाएनन् । केही यात्रुहरुले यो घटनाको भिडियो पनि तयार गरेका रहेछन् । जसमा केही माहुरीहरु जहाजको फ्यूल ट्यांकीको नजिकसमेत रहेको देखिएको छ ।

एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here