१९ साउन  काठमाडाैं  दुई नम्वर प्रदेशमा हुने निर्वाचनमा सहभागी हुने नहुने लगायतका बिषयमा छलफल गर्न राष्ट्रिय जनता पार्टी राजपाको पदाधिकारी बैठक अहिले बसिरहेको छ ।
राजधानीमा हिजो शुरु बैठकमा संयोजक महन्त ठाकूरले संविधान संशोधन नभएसम्म २ नम्वर प्रदेशमा स्थानीय तह निर्वाचनमा सहभागिता नजनाउने पार्टी अडान कायमै रहेको उल्लेखित राजनीतिक प्रस्ताव पेश गर्नुभएको छ ।
यद्यपी अध्यक्ष मण्डलका नेता महेन्द्र यादव लगायतले अवको निर्वाचनमा सहभागी हुनुपर्ने बताएका छन् ।
संविधान संशोधनको मुद्धालाइ पनि संगै लिएर निर्वाचनमा भाग लिनुपर्ने धेरैको धारणा देखिएको राजपा नेता केशव झाले जानकारी दिनुभयो ।
१ सय ३३ सदस्यीय पदाधिकारी वैठकमा नाम टिपाएका मध्ये हिजो सम्म १५ जनाले आफ्नो धारणा राखेका छन् । राजधानीको बबरमहलस्थित पार्टी कार्यालयमा जारी वैठकमा अन्य सदस्यहरुले धारणा राखिरहेको झाले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here