Dead body in a mortuary

१९ साउन श्रीनगर । भारत प्रशासित काश्मीरमा मङ्गलबार लासकार इ तोइबाका एकजना वरिष्ठ कमाण्डर अबु दुजाना मारिएको समाचार छ ।

सरकारी सुरक्षा बल र आतङ्ककारीबीच भएका दोहोरो भिडन्तमा ती कमाण्डर मारिएका प्रहरी स्रोतले जानकारी दिएको छ ।

पुल्वामा जिल्लाको हार्किपोरा गाउँको बाहिरी इलाकामा आतङ्ककारी र सुरक्षाबलबीच भएको दोहोरो गोली हानाहानमा ती कमण्डर मारिएका छन ।

भारत प्रशासित काश्मीरमा रहेको श्रीनगर सहरबाट २७ किलोमिटर दक्षिणमा पर्ने इलाकामा मङ्गलबार बिहान सो घटना भएको थियो ।

सिन्ह्वा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here