१७ साउन कुश्मा पर्वत / जिल्ला समन्वय समिति पर्वतको प्रमुखमा एमालेका उम्मेदवार मनोहर बी पौडेल बिजयी भएका छन् ।
मंगलवार भएको निर्वाचनमा पौडेलले ८ मत प्राप्त गरी बिजयी भएका हुन भने उहाँका निकटतम प्रतिद्धद्वी नेपाली काँग्रेसका उम्मेदवार परशुराम पुरीले ६ मत प्राप्त गरी पराजय भएका छन् । त्यसैगरी उपप्रमुखमा नेकपा एमालेकै यामकुमारी रानाले पनि ८ मत प्राप्त गरि विजय भइन भने उपप्रमुखका लागि नेपाली काँग्रेसका उम्मेदवार लालकुमारी सिकेले ६ मत प्राप्त गरी पराजय भएकी छन्  ।

समन्वय समितिका अन्य सात सदस्य पनि एमालेलेनै जीतेको छ । बिजयी सदस्यहरुमा ज्ञानबहादुर भण्डारी, बिष्णुराम बिक, कबिता बिक, नन्दलाल सुबेदी, ओमप्रसाद रेग्मी, बिष्णुमाया पौडेल, र शर्मिला नेपाली रहेका छन् ।
समन्वय समितिको निर्वाचनमा जिल्लाका सात स्थानिय तहका प्रमुख र उपप्रमुख गरी १४ जना मतदाताले मतदान गरेका थिए । पर्वतमा सात स्थानिय तह मध्ये स्थानिय तहको चुनावमा चार वटामा एमाले बिजयी भएको थियो भने तीन वटा तहमा नेपाली काँग्रेस बिजयी भएको थियो । सो अनुरुप समन्वय समितिको चुनावमा पनि एमालेको पक्षमा ८ र नेपाली काँग्रेसका उम्मेदवारको पक्षमा ६ मत प्राप्त भएका हुन् ।

बिजयी भएका उम्मेदवारहरुले अाजै सपथ तथा पदभार ग्रहण  गरेका छन् । मूख्य निर्वाचन अधिकृत जिल्ला न्यायधिस माेहनराज भट्रटराइले  प्रमुख मनाेहर वि पाैडेललाइ र उप प्रमुख यामकुमारी रानालाइ पद तथा गाेपनियताकाे सपथ खुवाएका थिए । त्यस लगत्तै प्रमुख मनाेहर वि पाैडेलले ७ जना सदस्यहरूलाइ पद तथा गाेपनियताकाे सफत खुवाएका थिए । मूख्य निर्वाचन अधिकृतकाे अध्यक्षतामा भएकाे कार्यकरममा सांसद विकास लम्साल र कल्पना चापागाइले नवनिर्वाचित जनप्रतिनिधिहरूलाइ वधाइ तथा शुभकामना दिएका थिए । उक्त कार्यकरमकाे संचालन जिल्ला निर्वाचन कार्यालयका कार्यालय प्रमुख लक्षु शर्माले गरेका थिए ।
पदभार ग्रहणा पछि पहिलाे निर्णयमा हस्ताक्षार गर्दै  समन्वय समितिका प्रमुख मनोहर बि पौडेलले समग्र पर्वत जिल्लाको आर्थिक, सामाजिक, राजनैतिक क्षेत्रको विकासका लागि आफु निरन्तर क्रियाशिल रहने धारणा व्यक्त गरे ।  जिल्लाका सवै स्थानिय तहका साथै प्रदेश र केन्द्रसम्म आफुले आवश्यक समन्वय गर्ने र जिल्लाको समग्र विकासमा सँधै क्रियाशिल रहने जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here