पर्वत, १७ साउन । पर्बतमा भूकम्प पीडितको आवास निर्माण अनुदान वितरणका लागि आएको रकम फिर्ता भएको छ ।

निजि आवास निर्माणका लागि जिल्ला समन्वय समिति मार्फत आएको रकम मध्ये रु.८ लाख ५० हजार रुपैया खर्च हुन नसकेर फिर्ता भएको हो । २०७२ सालको विनाशकारी भुकम्पले भत्काएको घर निर्माणका लागि आएको रकम फिर्ता भएको समन्वय समितिको कार्यालयले जनाएको छ । पर्वतका २३ सय ३९ घर पुर्ण क्षती भएको भएपनि भुकम्पकमा परि पर्बतमा ९ हजार ५ सय १३ घरहरुमा आँशिक क्षती पुगेको थियो ।

पर्बतमा पहिलो किस्ता बापत आएको कुल रकम २० करोड ४४ लाख मध्ये पहिलो किस्ता रकम ४ हजार ७१ घरपरिबारलाई बितरण भएको हो । जिल्ला समबन्य समिति पर्बतका लेखापाल ध्रुब सुबेदीका अनुसार पहिलो किस्ता बापतको ५० हजार रुपैयाँ ४ हजार ७१ घरधुरीलाई वितरण गरिएपनि बाँकि रहेको ८ लाख ५० हजार रुपैया खर्च हुन नसकेर फिर्ता भएको उहाँले बताउनुभयो । अहिले फिर्ता भएको रकम पहिलो किस्ताको निकासाको लागि आएको रकम हो ।

पहिलो किस्ताकै रकम खर्च हुन नसकेर फिर्ता भएपछि दोस्रो किस्ता पाउनको लागि अनिवार्य घरको जग हालेको हुनुपर्ने भएसंगै दोस्रो किस्ताको रकम वितरणमा समेत प्रभाब पर्ने देखिएको छ । भूकम्पप्रभावित ३१ जिल्लामध्ये सरकारको सुचिमा पर्वत १९ औं स्थानमा समावेश छ ।
झण्झटिलो प्रकृया र ग्रामीण क्षेत्रका बासिन्दाहरुलाई सदरमुकाममै आएर सम्झौता तथा रकम निकासा लैजानुपर्ने भएकाले समस्या भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here