वेनी १७ साउन एभरग्रिन यूवा क्लवमा आवद्ध रहेका यूवाहरू मंगलबार देखी सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा आयोजना हुन लागेको तेस्रो ‘सेभेन ए साईड’कपको तयारीमा ब्यस्त थिए । केही यूवा खुल्लामञ्चमा सरसफाई गदै थिए, कोही मैदानमा आवश्यक पर्ने बालुवा लिन कालिगण्डकी नदीमा पुगेका थिए ।

प्रतियोगिताको तयारीमा जुटेका यूवाहरूले समुह विभाजन गरेर काम गरिरहेका थिए । विहान करिव साढे ९ बजे किसान कार्की, पुरन शाही, पृथिवी बानियाँ, भरत सिर्पाली, भुवन घर्तीमगर लगाएतले मैदानका लागि बालुवा लिन कालिगण्डकी नदीमा पुगेका थिए ।

यूवाहरूले बालुवा सङ्कलन गरिरहेको अवस्थामा अन्दाजी ४२ बर्षकी महिला कालिगण्डकीको नदीमा प्रवेश गरेपछि सबै काम छोडेर तत्कालै यूवाहरू नदीका पुगे । दाउरा खोजेजस्तै गरेर नदीमा प्रवेश गरेकी महिलाले आत्महत्या गर्न खोजेका थाहा पाएपछि यूवाले उद्धार गर्न खोज्दा महिलाले प्रतिकारको प्रयास गरेपनि उद्धार गरेर बाहिर ल्याएको पृथिवी बानियाँले बताए ।

मानसीक रोगी जस्तै देखिने महिलाले आफुँ मर्न चाहेको बताउँदै जवरजस्ती बाहिर नलैजान यूवालाई अनुरोध गरेकी थीइन ।  धरान घर बताउने महिलालाई नदीबाट बाहिर निकालेपछि प्रहरीलाई बोलाएर जिम्मा लगाएको क्लवका अध्यक्ष ललित पुर्जाले बताए ।

‘आफ्नो ज्यान जोखिममा पारेर उद्धारमा खटिएका साथीहरुलाई धन्यवाद दिदै खेलकुद संगै मानवीय कार्यमा समेत निरन्तर सक्रियता देखाउनेछौ’ पुर्जाले भने ।

यूवाहरुको प्रयासमा उद्धार गरिएकी महिलालाई प्रहरी कार्यालयमा राखिएको छ । नदीमै महिलालाई लिन पुगेका प्रहरीले यूवालाई साहसीक कामका लाई धन्यवाद दिएका थिए । मानसिक रोगी जस्तै देखिने महिलाले पटकपटक आफ्नो नाम र ठेगाना परिवर्तन गर्ने गरेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here