१५ भदौ, रामेछाप । रामेछापको सदरमुकाम मन्थलीमा करेन्ट लागेर एक जना महिलाको मृत्यु भएको छ ।

मन्थली नगरपालिका-१ हाटेचौरमा विद्युतीय मोटर प्रयोग गरी तामाकोसी नदीबाट पानी तान्ने क्रममा करेन्ट लागेर सोही ठाउँकी ५७ वर्षीया मैना तामाङको बिहीबार बेलुकी ५ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

धान खेतमा पानी लगाउन मोटरमा विद्युतलाइन जोड्दा मोटर नचलेपछि उनी मोटर हेर्न नदीमा पुगेकी थिइन् ।

तामाकोसी नदीमा राखिएको मोटर छुँदा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेकी महिलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक तामाङको शवलाई पोष्मार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा पठाइएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here