१५ भाद्र फलेवास पर्वत । स्थानिय तहको निर्वाचन सम्पन्न भए पछि कार्य पालिकाको वैठक सम्पन्न गर्दै नगर परिषद समेत सम्पन्न गरेको फलेवास नगरपालिकाले एक पछि अर्को निर्णय गर्दै गएको छ । संभवत नेपालमा नै पहिलो पटक कृषि जन्य पदार्थको विक्री वितरणमा कर लगाउने निर्णय गरेको पहिलो नगरपालिका हो । कृषि उत्पादनमा सहयोग पुयाउने मल,विउ,विषदी आदीमा मूल्यअभिवृद्धि कर लगायतका कूनै कर नेपाल सरकारले समेत लगाएको अवस्था छैन् । कृषिलाई उत्पादनमूखी तथा व्यवसायमूखि वनाउनका लागी कृषिमा राज्यले कूनै प्रकारको कर लगाएको अवस्था छैन् ।

तर फलेवास नगरपालिकाले एक दर्जन केरा देखी एक किलो कफि सम्म कर लगाउने भएको छ । नेपाल कृषि प्रदान मूलूक हो । यहांका झण्डै ७५ प्रतिशत जनताहरु कृषिमा नै आधारित छन् । ग्रामिण भेगका महिलाहरु आपनै घरमा फूर्सद भएको समयमा आफूलाई चाहिने तरकारी उत्पादन गरि आप-नो आवश्यकता पूरा गर्ने र वढि भएको तरकारी वेच विखन गरि चूरा पोते लगायतका सामाग्री खरिद गर्ने गरेका छन् । अव कृषि उपज आफूले प्रयोग गरि वढि भएको वेचविखन गर्न ल्याएमा के कतिमा विक्री हुनेहो त्यो थाहा छैन् तर फलेवास नगर वाट वहीरा वेच विखन गर्न जादैहूनूहून्छ भने पहिले नै तोकिएको कर तिरेर मात्र वेच्न पाउनू हुनेछ । कर तिरेपछि कृषि उपज विक्री नभएमा जनता सोझै मर्कामा पर्नेछन् । कृषि कर लगाउने कूराको सर्वत्र आलोचना भएको छ ।

तर नगर प्रमूख पदमपाणी शर्मा भने यो कूरामा सहमत छैनान् उनि भन्छन् नगरको समृद्धिका लागी सवै उत्पादनशिल र सेवा योग्य चिजहरुमा कर लगाउनु पर्दछ । राज्य हामी सवैको हो मेरो पनि योगदान छ भन्ने अवसर सवेैले पाउनू पर्दछ । यहां कृषिको व्यवसायिकीकरण गर्नका लागी कर लगाईएको हो । व्यवसायीक रुपमा उत्पादन गर्न हौसला वढोस भनि कर लगाइएको हो । थोकमा विक्री गर्नेहरुका लागी यो कर हो साना किसानहरुका लागी यो कर कदापी हैन । हामी कर पनि लगाउदछौ तर त्यो कर वाट संकलित रकम संवन्धित क्षेत्रमा नै लगानी गर्दछौ त्यसले व्यवसायिकीकरणमा जोड दिन्छ । कर भनेको सवैले तिर्ने हो र संकलित करलाई संवन्धित क्षेत्रमा नै लगाउने हो उनको धारणा रहेको छ । नगरको विकासका लागी आफू तानशाह वन्न परे पनि पछि नपर्ने कूरा व्यक्त गरे ।

त्यसै गरि वडा नंं ५ का वाडा अध्यक्ष दिपक पौडेलले कृषिजन्य उपजको थोक उत्पादन गर्ने लाई करको दायरामा ल्याउन खोजिएको वताए । वडा नं. ११ का वडा अध्यक्ष शेर वहादूर सूनारले कृषि क्षेत्रको थोक उत्पादन गरि ट्कका ट्क वाहिरा पठाउनेलाई लाई मात्र करको कूरा हो तर एक केजि कफि,एक काईया केराको विषयमा कूनै निर्णय नभएको जानकारी गराए उनले साना व्यवसायीलाई प्रोतसाहन गर्ने हो तर कर लगाएर ढाड सेक्ने काम गर्नुहुदैन साना व्यवसायीका लागी कर हो भने हामी खारेज गर्न अनुरोध गर्दछौं भने । त्यसै गरि फलेवास न.पा वडा नं. ४ का कृषक शालिग्राम लामिछानेले हामीलाई कूनै जानकारी छैन तर कतै कतै सून्नमा आएको छ यदि किसानलाई प्रोत्साहन गर्नेको नाममा एक के.जि.कफि विक्रिीमा समेत कर लगाईएको हो भने त्यो सहन नसक्ने धारणा व्यक्त गरे । उनले हामीले दिएको भोटले हामीलाई नै कृषि जस्तो उत्पादनमा कर लगाउनू जनताको भोटले पोल्नू हो भने ।

फलेवास नगरपालिका कर लगाउने नाममा उत्पादन र वजारीकरणको अवस्थालाई ख्याल नै नगरी वनाउने निति कागजमा मात्र सिमित हुन जान्छ,मानिसको न्यूनतम वाच्ने आधार वनेको कृषि क्षेत्र करको दायरामा ल्याउदा कतै हतोत्साही वन्ने त हैन यस तर्फ सम्वन्धित निकायको ध्यान जान जरुरी रहेको  सरोकारवालाहरुले वताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here