भदौ १५ ,पर्वत । गैह्र आवसीय संघ (एनआरएनए) नेदरल्याण्डसको उपाध्यक्ष पदमा पर्वतको नाग्लीवाङका भिम रोकाले उम्मेदवारी प्रस्तुत गरेका छन् । सामुहिक नेतृत्व र सभ्य समाज तथा निस्वार्थ समाजसेवाको वाताबरण निर्माणको लागी रोकाले उपाध्यक्षमा उम्मेदवारी दिएका हुन् । आसन्न ७ औँ अधिबेशनमा आफुलाई विजयी गराउन रोकाले आग्रह गरेका छन् । सबै प्रवासी नेपालीहरुको हकहितको लागि लड्दै आएका रोकाले समाबेशी समुहवाट उपाध्यक्षमा उम्मेदवार वनेको वताएका छन् ।

विदेशमा रहेका नेपालीहरुलाई जुनसुकै समस्या पर्दा पनि सहयोग गर्न तयार हुने गरेका रोका भन्छन् –‘मैले अत्यधिक मतले जित्छु भन्ने आशा छ, । उनले नेदरल्याण्डसमा रहेका सबै नेपालीलाई उपाध्यक्ष पदमा मत दिएर विजयी गराउन आग्रह गर्दै भने–‘ मैले सबै गैह्र आवसीय नेपालीको सेवामा लाग्ने अवसर दिनुहोस, ।

प्रचारप्रसारका लागि नेदल्याडसमा रहेका नेपालीहरुका माझ पुग्ने रोकाको अनुहार सेवा भाव झल्किरहेको हुन्छ । उनले सबैलाई एकै प्रकारको सम्मान गर्छन । गैह्र आवसीय नेपालीहरुलाई पर्ने सबैखाले समस्यामा उनी समाधान निकाल्न पदमा नहुँदा पनि लागिरहेकै हुन्थे । रोकाको यहि सेवाभावका कारण अत्यधिक मतले जित्ने अनुमान गरिएको छ ।

विशेष गरेर नेदल्याड्समा रहेका नेपालीहरुलाई एउटै सेतुमा जोड्ने उनको उदेश्य रहेको छ । देशभन्दा वाहिर रहेर पनि राष्ट्रियताप्रति गम्भिर रुपमा सोच्ने नेपालीको अभाव रहेकोले राष्ट्रियताको पक्षमा पनि वोल्न सक्नुपर्ने उनले वताए । सबै नेपालीलाई विदेशमा सम्मान पूर्व वाँच्न र पेशा व्यवसाय सञ्चालन गर्ने वाताबरण वनाउन सम्वद्ध सबै पक्षको ध्यानाकर्षण गराउन आफु सफल हुने रोकाको दावी छ । त्यसैले पनि उपाध्यक्ष पदमा जिताउन उनले नेदरल्याण्डसमा रहेका गैह्र आवसीय नेपालीहरुलाई आग्रह गरेका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here