साड्रकेतिक तस्विर

 

१५ भाद्र  बनेपा :  काभ्रेपलाञ्चोकको पाँचखाल–२ बाट बिरामी भएका कारण उपचारका लागि अस्पताल ल्याइँदै गरेका एकजनाको मोटरसाइकलबाट खसेर गएराति मृत्यु भएको छ ।

बा ८ प ५७४७ नम्बरको मोटरसाइकल अनियन्त्रित हुँदा खसेर धुलिखेलस्थित अस्पतालचोकमा गम्भीर घाइते भएका ५३ वर्षीय भुलुङ तामाङको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, धुलिखेलका प्रहरी नायब उपरीक्षक महेन्द्र मरासिनीले जानकारी दिए । उनको टाउकोमा गम्भीर चोट लागेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here