भाद्र १५ प्रधानमन्त्री शेर वहादूर देउवाले नयां ईतिहास रच्न थालेका छन् । अरुमा नभएर उनले देशको मन्त्रिमण्डल वनाएर हो ।  राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग्गीएर बनेको राप्रपा प्रजातान्त्रिकले सरकारमा सहभागी हुने तयारी गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सत्तागठबन्धनलाई समर्थन गरेको राप्रपा प्रजातान्त्रिक ४ मन्त्री र तत्कालका लागि २ राज्यमन्त्रीसहित सरकारमा सहभागी हुन लागेको हो ।

राप्रपा प्रजातान्त्रिक सरकारमा सहभागी भएपछि बर्तमान देउवा नेतृत्वको सरकार नेपालको राजनीतिक इतिहासमै सवैभन्दा ठूलो मन्त्रीमण्डल बन्नेछ । प्रजातान्त्रिकले मन्त्री बन्नेको नाम टुंगो लगाएपनि आफ्नो भागमा परेको मन्त्रालय हेरफेरबारे सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गर्ने भएको छ ।

गणतन्त्र स्थापनापछिको सवै भन्दा ठूलो मन्त्रीमण्डल गठन गर्दा समेत राप्रपालाई सरकारमा सहभागी गराउने भन्दै प्रधानमन्त्री देउवाले चार मन्त्रालय आफैले सम्हाल्दै आउनुभएको छ । वन, उद्योग, शान्ति तथा पुनर्निर्माण र महिला बालवालिका तथा समाज कल्याण मन्त्रालयबारे राप्रपा प्रजातान्त्रिकले पुनर्विचार गर्न आग्रह गरेपछि सत्ता साझेदार दलसँग छलफल गरेर मात्र सरकारमा सहभागी हुने तयारी गरेको हो ।

चुनावी प्रचार प्रसारका क्रममा दुई नम्बर प्रदेशमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भोली दिउँसो मात्र काठमाडौं फर्कने कार्यक्रम रहेकाले भोली साँझसम्ममा राप्रपा प्रजातान्त्रिक सरकारमा सहभागी हुने एक नेताले जानकारी दिए ।

राप्रपा प्रजातान्त्रिकले सुनिलकुमार थापा, दिपक बोहोरा, बिक्रम पाण्डे र रामकुमार सुब्बालाई पनि मन्त्री बनाउने निर्णय गरेको छ । थप दुई राज्यमन्त्री बनाउने निर्णय भएपनि नाम भने तय भइनसकेको राप्रपा प्रजातान्त्रिकले जनाएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here