साड्केतिक तस्विर

 

१५ भाद्र चितवन : गएरातिको अबिरल वर्षाका कारण सडक भासिएपछि नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध बनेको छ । सडकखण्डको इच्छाकामना गाउँपालिका-६ मा पर्ने चोर खोला नजिकै चारकिलो भन्ने स्थानमा सडक भासिएपछि सडक अबरुद्ध भएको चितवन जिल्ला ट्राफिक प्रहरी प्रमुख सन्तोष पन्तले बताएका छन् ।

नारायणघाट-मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालले दिएको जानकारी अनुसार ५० मिटर बाटो भासिएर त्रिशुली नदिमा खसेको छ नौ मिटर चौडाइ रहेको सडककको ४ मिटर बराबरको भाग नदिमा खसेको खनाले बताए । सडक नै भासिएकाले तत्काल सडक सुचारु हुने सम्भावना नरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here