१४ भाद्र कूश्मा पर्वत । स्थानिय शासन तथा सामूदायिक विकास कार्यक्रम,एलजिसिडिपी र कूश्मा नगरपालिकाको साझेदारीमा नगरका १४ वडामा संचालीत समाजिक परिचालन कार्यक्रमको विगत आ.व.०७३/०७४ मा सम्पन्न भएका गतिविधिहरुको वारेमा समिक्षा गर्ने कार्य हिजो सम्पन्न भयो ।

उक्त समिक्षा कार्यक्रमको प्रमूख अतिथि कूश्मा नगरपालिकाका उप प्रमूख सिता काफ्ले लामिछानेले सामाजिक परिचलकहरुले प्रस्तूत गरेका प्रगति माथी टिप्पणी गर्दै सामाजिक परिचालन कार्यक्रम गरिव विपन्न वर्गको घर घरमा पूगेको छ । यस कार्यक्रमले विपन्न समूदायका व्यक्तिहरुलाई संगठित गर्ने शसक्तिकरण गर्ने,योजना तर्जूमा प्रकृयामा सामेल गर्ने गरेकाले यस कार्यक्रमको महत्व रहेको धारणा व्यक्त गर्नु भयो । सामाजिक परिचालकहरु संग नजिकै रहेर यस भन्दा अगाडी एलजिएफ कार्यक्रमको कोअर्डिनेटर भएर कार्य गरेको स्मरण गर्दै सामाजिक परिचालन कार्यक्रमको प्रगतिका लागी चौतर्फी विकास श्रोत मञ्च पर्वताई धन्यवाद ज्ञापन गर्नु भयो ।

त्यस्तै कार्यक्रममा कूश्मा नगरपालिकाका कार्यकारी अधिकृत हिरामणी सूवेदीले सामाजिक परिचालन कार्यक्रमले नगरका सामाजिक सूरक्षा,वालवालिकाको पोषण कार्यक्रम,डेटा अपटूडेट गर्ने,भूकम्पको लगत संकलन र संझौता लगायतका धेरै कार्यमा सहयोग पू-याएकोमा धन्यवाद दिदै कामको उच्च प्रशंसा गर्नु भएको थियो ।

उक्त समिक्षा कार्यक्रममा कूश्मा नगरपालिकाका वडा नं ६ का वडा अध्यक्ष रुद्र गिरी,७ का अध्यक्ष सूवास पौडेल, वडा नं ८ का अध्यक्ष राजकूमार क्षेत्री,वडा नं ११ का अध्यक्ष शिव शर्मा पौडेलको उपस्थिति रहेको थियो । कार्यक्रममा १४ वटा वडाका सामाजिक परिचालकहरुले विगतको वर्षका सवै प्रगति र समस्याहरुको वारेमा वताएका थिए । आगामी आर्थिक वर्ष ०७४/०७५ का लागी ४ महिना अवधिको संझौता संपन्न भएको छ।

कार्यक्रम संस्थाका अध्यक्ष कालिका प्रसाद शर्माको अध्यक्षता,स्वागत संस्थाका कार्यकारी प्रमूख गणेश वहादूर क्षेत्री र संचालन कार्यक्रम संयोजक चन्द्र प्रसाद शर्माले गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here