१३ भाद्र   गूल्मी,नेपालका यूवाहरु सून्दर भविस्यको कल्पना गरेर वैदेशिक रोजगारीमा गएका हून्छन् । र वैदेशिक रोजगारीमा जाने क्रम पनि वढ्दो मात्रमा रहेको छ । यसरी वैदेशिक रोजगारीमा गएका धेरै पूरुषहरुले घरमा आप-नौ श्रीमती गूमाउनू परेको छ कारण विदेशमा कमाएर पठाएको पैसा श्रीमातीको विस्वासमा लगानी गर्नाले ।

गूल्मी इश्मा–४ सिम्पानीकी ३० वर्षीया विना थापा दूधेबालक छाडेर घरबाट हिँडेको तीन साता पुग्न थाल्यो । पति बाबुराम थापा पत्नीको खोजीमा तम्घासमा भौंतारिरहेका छन् तर उनको अत्तोपत्तो छैन ।

‘घरमा ९ महिनाको छोराले आमाको दूध खोज्दै छ, छोराछोरी अल्लबिल्ल भए,’ बाबुरामले भने, ‘तैपनि कतै फेला पार्छु कि भनेर खोज्दै छु ।’ तम्घासको बैंकमा रहेको ४ लाख रुपैयाँ निकालेर ल्याउने बहानामा हिँडेकी विनालाई प्रहरीले पनि खोज्दै छ तर फेला पार्न सकेको छैन । भारतको दिल्ली पुगेर २४ वर्षदेखि कमाएको सबै सम्पत्ति लिएर पत्नी फरार भएपछि उनी विक्षिप्त छन् । ‘खातामा भएको १९ लाख रुपैयाँ सबै निकालिछे,’ उनले भने, ‘घरका गाई, भैंसी, बाख्रा, कुखुरासमेत छैनन् ।’

गूल्मी प्रहरी कार्यालयका मुद्दा फाँटका असई सत्यनारायण यादवका अनुसार विदेशमा भएका पति घर फर्केर सम्पत्ति खोज्नेबित्तिकै सम्बन्धविच्छेद गर्ने र हराउने महिलाको संख्या बढदै गएको छ । ‘अहिले महिलापीडित पुरुषको उजुरी बढ्दो छ,’ उनले भने, ‘लामो समय पति विदेशमा बस्ने र रकम पठाउने, यता पत्नी अर्कैसँग लागेर सम्पत्ति सक्ने र पछि हिसाब खोज्दा भाग्ने वा डिभोर्स माग्ने प्रवृत्ति बढ्दै छ ।’ सम्पत्ति खोज्ने पतिसँग सम्बन्धविच्छेद माग्दै अदालत पुगेर उल्टै थप सम्पत्ति माग्ने महिलाको संख्या बढ्दै गएको उनले बताए ।

गुल्मी दरबार गाउँपालिका–१ बलिथुमका हुमबहादुर सर्तुंगी पनि पत्नीबाटै पीडित भए । मलेसिया गएर ३ वर्ष दु:ख गरी कमाएको सम्पत्ति सकेर ५ वर्षको छोरा पनि लिएर पत्नी जमुना घरबाट हिँडिन् । पैसा कमाएर सुखी घरबार बनाउने उद्देश्य लिएर मलेसिया पुगेका उनी फर्केर आफैंले पठाएको पैसा खोज्दा जमुना घर छाडेर हिँडिन् । ‘पैसा खोज्दा छोरोसमेत गुमाएँ,’ उनले भने, ‘डेढ लाख रुपैयाँ नगदसमेत लिएर वैशाख २४ मा भागेकी श्रीमतीको अहिलेसम्म अत्तोपत्तो छैन ।’

गूल्मी प्रहरीका अनुसार यो वर्ष मात्र सम्पत्ति लिएर पत्नी फरार भएको भन्दै ६ पुरुषले खोजी गरिदिन आग्रह गर्दै निवेदन दिएका छन् । त्यस्तोमा अधिकांश रोजगारीका लागि विदेश गएर फर्केका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here