सांकेतिक तस्विर

१३ भाद्र, धनगढीबाट डोटीको बागछेडा जाँदै गरेको बस भीमदत्त राजमार्गको कैलाली सहदपुर गाउँपालिकामा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

ना ४ ख ५६३५ नम्बरको बस दुर्घटनामा पर्दा २० जना घाइते भएका छन् । घाइते मध्ये एकको अवस्था गम्भीर छ । उनको सीमा पारी भारतीय अस्पतलामा उपचार भइरहेको छ ।

मृत्यु हुनेमा डोटीका ६० वर्षीय नरबहादुर देउवा र कैलालीका ४८ वर्षीय दुर्गादेवी मल्ल छन् । घाइतेहरुको अत्तरिया र धनगढीका अस्पतालमा उपचार भइरहेको छ ।