साजन परियार १२ भदौ, पर्वत । भर्खर मात्र सरुवा भएर आउनु भएका जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी प्रमुख दिलिप घिमिरेले जिल्लामा भएका समस्या पहिचान गरि समाधान गर्ने बताउनु भएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्वतले आज पत्रकार सँग गरेको भेटघाट तथा अन्र्तक्रिया कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो ।उहाँले जिल्लामा हुने समस्या निराकरण गर्न आफ्नो ध्यान केन्द्रित रहेको बताउनु भयो ।

आफ्नो कुनै पनि पार्टी प्रति झुकाव नभएको दावी गदै घिमिरेले प्रहरी संगठनको मर्यादा र आचरणलाई शिरोधार्य गरेर कामकार्वाही अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

जाँडरक्सी, जुवातास, लागुऔषध जस्ता सामजिक विकृति अन्त्य गर्ने आफ्नो पहिलो दायित्व रहेको घिमिरेको भनाई छ । पर्वत जिल्लालाई आफुले चुनौति र अवसर दुवै रुपले लिएको बताउँदै जिल्लाको शान्ति सुरक्षा कायम गर्नका लागि राजनितिक दल, नागरिक समाज, अधिकारकर्मी, एंव पत्रकार जगतलाई सहयोग गर्न उहाँले आग्रह गर्नुभयो ।

प्रहरी सबैको आशाको केन्द्र भएको बताउँदै जनतामुखी भएर काम गर्ने उहाँको भनाई छ । जिल्ला प्रहरी कार्यालय पर्वतको सभाहलमा भएको कार्यक्रममा जिल्लाका क्रियाशिल पत्रकारहरुको उपस्थिती रहेको थियो । उक्त कार्यक्रमको सञ्चालन प्रहरी निरिक्षक लिलाराज लामिछानेले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here