साजन परियार कुश्मा, पर्वत । नेपाली गीत साँगितिक क्षेत्रका धरोहर कस्तुप पन्तले दशै तिहारलाई लक्षित गरि नयाँ एल्वम् बजारमा ल्याएका छन् ।

नेपाली लोकदोहारी क्षेत्रमा अत्यन्तै चर्चित गायक तथा सजर्क कस्तुप पन्तले नयाँ दशै तिहार गीत ‘मखमली माया’ बजार ल्याएका हुन् । उक्त गित युटुव च्यानल मार्फत सार्वजानिक समेत गरिएको छ ।

नेपाली लोक साँगितिक क्षेत्र सँगै सुगम संगितमा समेत चर्चित रहेका पन्तका धेरै गितहरु चर्चामा छन् । स्कुले जिवन देखी नै संगीत क्षेत्रमा प्रवेश गरेका उनले विगत दुई दशक देखी साागीतिक यात्रामै छन् ।

“मौका यहि हो रमाइलो गर्ने
जुगौं भरी सम्झाना नमर्ने”

जस्ता उत्कृष्ट शव्दले भरिपूर्ण यस गितमा उनकै शव्द संगित रहेको छ । यस गितलाई सारथी म्युजिक प्रा.ली ले बजार व्यवस्थापन गरेको छ । सारथी म्यजिक प्रा.ली उनको आफ्नै म्युजिक कम्पनी हो । प्रस्तुत एल्वममा कस्तुप पन्त र देवि घर्तीको स्वर रहेको छ ।

करिष्मा ढकाल र बव्वु थापाको अभियान रहेको गितमा अहिलेका चर्चित निर्देशक तथा मोडल बव्वु थापाले निर्देशन गरेका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here