साजन परियार १२ भाद्र,पर्वत । शंखेकिराले तरकारी बालीमा आक्रमण गर्न थालेपछि पर्वतका कृषकलाई तरकारी बाली जोगाउन समस्या परेको छ । तरकारीको बोटको माथिल्लो भागमै पुगेर शंखेकिराले डाँठ र पातलाई सखापै पार्न थालेपछि कृषक चिन्तित बनेका छन् ।

फलेवास नगरपालिका अन्र्तगत  मुडिकुवा, देविस्थान, खानीगाउँ लगायतका क्षेत्रमा यतिबेला शंखेकिरा छरपस्ट मात्रामा भेटिन्छन् ।

कृषकले लगाएका  लहरे जातका तरकारी बालीमा आक्रमण गरी बाली नै सखापै बनाउन थालेपछि कृषक चिन्तामा परेका हुन् ।  हिँउदे याममा पनि सिँचाईको राम्रो व्यवस्था भएको उक्त क्षेत्रका कृषकलाई शंखेकिराबाट बालीनाली कसरी जोगाउने भन्ने समस्याले पिरोलेको छ । तरकारी लगाएपछि दुई चार पात हुन नपाउँदै बोटमै शंखेकिराले आक्रमण गरी बिरुवामा ठूलो हानिनोक्सानी पु¥याएको छ ।

घरायसी प्रयोजनका लागि होस् या बिक्रीका लागि लगाइएका तरकारी बालीको बोट नै आक्रमण गरेर   पात  खाने, डाँठ खाने गरेपछि बिरुवा सखापै हुँदै गएको कृषकको गुनासो छ । तरकारीको बिरुवा लगाएर दुई चार पात हँुदादेखि नै आक्रमण गरेपछि उत्पादन लिनै नसकिएको फलेवासका कृषक भरत श्रेष्ठले बताउनु भयो । खेतबारी जताततै शंखेकिरा मात्र फैलिएको छ, तरकारी, फलफूल बाली लगायो, शंखेकिराले आक्रमण गरेर उत्पादन लिन पाइँदैन उहाँले भन्नुभयो ।

तरकारीखेती गर्दै आइरहेका यहाँका कृषकले शंखेकिराको आक्रमणबाट अब व्यवसाय नै छाड्ने मनसायमा रहेका छन् । जिल्ला कृषि विकास कार्यालय, पर्वतका वरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मीले  चिस्यान भएको ठाउँमा शंखेकिराले छिटो आक्रमण गर्ने बताउनुभयो । उहाँले विशेष गरी शंखेकिराले लहरे जातका तरकारी, फलफूलमा बढी आक्रमण गर्ने बताउनुभयो ।

यसको न्यूनीकरणका लागि रातको समयमा सबै शंखेकिरा फनस्टीकमा पोको पारेर फाल्न सके शंखेकिरामा कमी आउने र   शंखेकिराको आक्रमणबाट बिरुवालाई बचाउन सकिन्छ बताउनु भयो  ।

कृषकले फाट्टफुट्ट मात्रामा शंखेकिरा देख्ने बित्तिकै न्यूनीकरणतर्फ खासै चासो नदिँदा पनि यसले फैलिने अवसर पाएको हो । शंखेकिराको प्रकोप देखा पर्न थालेपछि समयमा नै कृषकले घरेलु विषादी अपनाउन सके यसको न्यूनीकरण सहजै गर्न सकिने कृषि प्राविधिक बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here