भाद्र ११,  ऐजेन्सी

चीनका अविवाहित युवतीहरूमा आफ्नो डिम्बलाई बिदेशको फ्रिजमा सुरक्षित राख्ने चलन प्रारम्भ भएको छ । युवा अवस्थामा

आफ्नो करिअरमा ध्यान दिनुपर्ने हुनाले उनीहरू विवाह गर्ने उमेरमा पनि काम गरिरहेका छन्, जसका कारण ढल्कँदो उमेरमा आमा बन्न नसक्ने सम्भावनालाई मध्यनजर गरेर उनीहरूले युवा अवस्थामा निस्किएको डिम्बलाई विदेशमा सुरक्षित राख्न थालेका हुन् ।

चीनको बढ्दो अर्थतन्त्रका कारण कामकाजी व्यक्तिहरूका लागि आम्दानी गर्ने प्रशस्त अवसर उपलब्ध छ । यो मौकाको सदुपयोग गर्दै महिलाहरू अहिले आफ्नो करिअरतर्फ बढी भएका छन् । अहिले डिम्बलाई सुरक्षित राख्न चाहने महिलाहरूको पहिलो रोजाइ अमेरिका भएको छ ।

चिनियाँ नवयुवतीहरू भन्छन्— हामी डिम्ब सुरक्षित राखेको शुल्क सजिलै तिर्न सक्छौं । भविष्यमा सन्तानको आवश्यकता महसुस भयो भने त्यही युवा अवस्थाको सुरक्षित डिम्बबाट सन्तान जन्माउन सहज हुनेछ । साप्ताहिक वाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here