साजन परियार, ११ भाद्र, पर्वत । नेपाल तरुण दल जिल्ला शाखा पर्वतले तराईका बाढि तथा पहिरो प्रभावितहरुका लागि संकलन गरेको राहत रकम हस्तान्तरण गरेको छ । नेपाल तरुण दल केन्द्रिय समितिको निर्देशन अनुसार ‘एक तरुण एक राहात’ भन्ने मुल नाराका साथ राहात रकम संकलन तथा हस्तान्तरण गरिएको हो ।

तरुणले पर्वतमा संकलन गरेको राहात वाढि पीडित क्षेत्रमा तत्काल पठाउन नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष जितजंग बस्नेतलाई ४० हजार बरावरको चेक  हस्तान्तरण गरेको छ । उक्त राहात रकम पोखरामा आयोजित एक कार्यक्रममा हस्तान्तरण गरिएको थियो ।

अविरल बर्षासंगै आएको बाढि र पहिरोले देशका विभिन्न स्थानमा जनधनको क्षती भएपछि पीडितहरुको राहातका लागि पर्वतमा राहात संकलन गरिएको नेपाल तरुण दल  जिल्ला शाखा पर्वतका अध्यक्ष तोरण मल्ल ठकुरी‘राज’ ले जानकारी दिनुभयो । उक्त रकम नेपाल तरुण दल पर्वतका अध्यक्ष तोरण मल्ल ठकुरी ‘राज’ नेतृत्वमा जिल्ला समितिका पदाधिकारी र सदस्यहरुको सक्रियतामा रहात संकलन गरिएको थियो ।

राहात रकम बुझ्दै नेपाल तरुण दलका केन्द्रिय सदस्य जितजंग बस्नेतले बाढि पीडितहरु अझै पनि सुरक्षित  हुन नसकेको बताउँदै सबै क्षेत्रले सहयोग गर्नुपर्ने बताउनु भयो । उहाँले तरुण दल पर्वतले देखाएको उदारतालाई प्रशंसा गदै दुखी, गरिव तथा असाहाय व्यक्तिहरुको सहयोगमा जुट्न आग्रह गर्नुभयो ।

राहात हस्तान्तरण गदै नेपाल दरुण दल पर्वतका अध्यक्ष तोरण मल्ल ठकुरी‘राज’ ले राहात सानो भएपनि पीडितहरुलाई ठुलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहााले राहात संकलनमा सहयोग पु¥याउने सम्पूर्ण व्यक्तिहरुलाई धन्यवाद दिँदै आगमी दिनमा पनि सहयोग गर्न आग्रह गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here