१० भाद्र चितवन बाघको आक्रमणमा परी चितवनमा आज एक जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका ११ स्थित नवजागृती सामुदायिक वनको पदमपुर क्षेत्रमा बाघले आक्रमण गर्दा कालिका नगरपालिका ५ का ३५ बर्षिय सूर्यबहादुर चेपाङको मृत्यु भएको हो । वनमा घाँस काट्न गएका बेला उनलाई बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको हो । उनीसंगै गएका अन्य दुई जना भने भाग्न सफल भएका थिए ।  कान्तिपूर अनलाईन वाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here