१० भाद्र बनेपा : केही महिना अघि मात्रै निर्वाचित भएका काभ्रेको धुलिखेल नगरपालिका-२ का वडा अध्यक्ष राजन कोइरालाको मृत्यु भएको छ । गत आइतबार बेलुकी अचेत अवस्थामा धुखिलेल-२ रविओवपीको छापाखोल्सामा फेला परेका कोइरालाको काठमाडौं थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा शनिबार राति निधन भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

अज्ञात समूहको आक्रमणबाट घाइते भएका भनिएपनि प्रहरीले भने आक्रमण होया भवितव्य भन्ने यकीन गर्न सकेको छैन । ‘बाटोमा आक्रमण गरी फालिएको हो वा आफैं लडेको भन्ने अझै खुल्न सकेको छैन ।, अनुसन्धानकै क्रममा छौ ।’ जिल्ला प्रहरी कार्यलय काभ्रेका एसपी सहकुल थापाले भने ‘अचेत अवस्थामा रातको समयमा गाउँलेले भेटेपछि प्रहरीलाई खवर गरी धुलिखेल अस्पताल लगेका थिए ।’ ‘टाउकोमा गम्भीर चोट रहेकाले धुलिखेल अस्पतालमा उपचार सम्भव नभएपछि कोइरालालाई सोही रात नै नर्भिक अस्पताल काठमाडौं लगिएको एसपी थापाले बताए ।

कोइराला सडक छेउमा अचेत अवस्थामा फेला परेका थिए । भने सडकको भित्तामा रहेको ढुंगामा रगत समेत फेला परेको थियो । प्रहरीका अनुसार घटना कसले र किन गरायो या आफैं लडेको हो भन्ने विषयमा अझै खुल्न नसकेको जनाएको छ । घटनको छानबिन गर्न सीआईवीको टोली समेत खटिएको छ । घटनाको सत्यतथ्य पत्ता लगाउन मागगर्दै कोइरालाका आफन्तले इलाका प्रहरी कार्यालय बनेपामा निवेदन दिएका छन् । कोइराला एमालेको तर्फबाट निर्वाचित वडा अध्यक्ष हुन् ।अन्न्पूर्णपोष्ट वाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here