१० भाद्र काठमाडौं : ‘कम्पनीले पनि ल्याड ल्याड गर्छ । पेपर दे घर जान्छु भन्दा पनि दिदैन भन्दै पर्वतका केशव श्रेष्ठले आत्मा हत्य गर्नू पूर्व आप-नो डायरीमा यस्तो सूसाईट नोट लेखेर दक्षिण कोरियामाआत्माहत्या गरे । २८ वर्षिय श्रेष्ठ एकजना आत्माहत्या गर्ने प्रतिनिधि पात्र मात्र हुन

सन् २००८ देखि हालसम्म ईपीएस भाषा परीक्षा पास गरी रोजगारीका लागि दक्षिण कोरिया पुगेका  श्रेष्ठजस्तै १४ जना नेपालीले आत्महत्या गरिसकेका छन् । आत्महत्या गर्नेमध्ये सबैभन्दा बढी कृषिमा लागेका कामदार छन् । आत्महत्या गर्नेमध्ये अधिकांशले पासो लगाउने गरेको अंकुर नेपालको अध्ययनले देखाएको छ ।

सन् १९८० देखि नेपालबाट रोजगारी र विभन्न व्यक्तिगत कामका लागि नेपाली दक्षिण कोरिया जाने गरेका छन् । सरकारले सन् २००७ मा दक्षिण कोरियासँग श्रम सम्झौता गर्दै २००८ देखि कामदार पठाउँदै आएको छ । अहिलेसम्म ४४ हजारको हाराहारीमा ईपीएस भाषा परीक्षा पास गरी कामका लागि कोरिया पुगेका छन् ।

यसबाहेक पनि रोजगारी र विभिन्न काममा लागि दक्षिण कोरिया पुगेका नेपालीले आत्महत्या गरेको अंकुर नेपालले जनाएको छ । अंकुर नेपालका अनुसार अहिलेसम्म दक्षिण कोरियामा ३६ जना नेपालीले आत्महत्या गरिसकेका छन् । ईपीएस भाषा परीक्षा पास गरेर सन् २००८ देखि कोरिया पुगेका नेपालीमध्ये अहिलेसम्म ७६ जनाको मृत्यु भएको शाखाका प्रमुख बाबुराम खतिवडाले बताए । जसमा आत्महत्या गर्नेको संख्या १६ छ भने सुतेकै अवस्थाका मृत्यु हुनेको संख्या १७ छ ।

कामको बोझले मानसिक तनाव र लाखौं आम्दानी गर्ने सोचले कोरिया पुगे पनि भनेजति आम्दानी नहुँदा आत्महत्याका घटना बढेका हुन् ।

यसबाहेक दक्षिण कोरिया पुगेका कामदारमध्ये सातजनाको सडक दुर्घटनामा मृत्यु भएको छ । अन्य व्यक्तिको संलग्नतामा दुईजनाको हत्या भएको छ भने स्वभाविक रूपमा मृत्यु हुनेको संख्या एक छ । कार्यस्थलमा मृत्यु हुनेको संख्या नौ छ भने २६ जना नेपालीको मृत्युको कारण खुल्न सकेको छैन । सन् २०१७ को जुलाई महिनामा मात्रै तीन नेपालीले कोरियाका आत्महत्या गरेका थिए ।

अंकुर नेपालमा दक्षिण कोरियामा सीप आर्जन गरी नेपाल फर्किएर विभिन्न काम गरिरहेका व्यक्ति आबद्ध छन् । यसैगरी औद्योगिक दुर्घटनामा १६ प्रतिशत, सडक दुर्घटनामा ७.६९ र १५ प्रतिशत बिरामी भई मृत्यु हुने गरेको अंकुर नेपालको भनाइ छ । अंकुरले गरेको अध्यनमा सबैभन्दा बढी ३० प्रतिशत कामदारको मृत्यु सुतेकै अवस्थाका र २८ प्रतिशतले आत्महत्या गरेको देखाएको छ ।

आत्माहत्या गर्ने मन किन अउदछ ?
कामको बोझले मानसिक तनाव उत्पन्न हुँदा आत्महत्या गर्नेको संख्या बढी भएको अध्ययनले देखाएको छ । लाखौं आम्दानी गर्ने सोचमा कोरिया पुगे पनि भनेजति आम्दानी नहुँदा आत्महत्याका घटना बढेको खतिवडा बताउँछन् । कतिपय अवस्थामा पारिवारिक तनावले पनि आत्महत्या गर्ने गरेको उनले बताए । कतिपयले भने भर्खर विाहगर गरेर विवाह विदेश गएका तर भने जस्तो जागिर र समयमा छुट्टी नपाउनका कारणले पनि फस्टेशन भई आत्माहत्या गरेको वताईन्छ ।

नेपालमा काम गर्ने बानी नभएका तर दक्षिण कोरिया पुगेर अति संवेदनशील क्षेत्रमा काम गर्नुपर्दा आत्महत्या गर्नेको संख्या बढी भएको उनको दाबी छ । यसैगरी विगतको शारीरिक तथा मानसिक रोग बल्झिँदा आत्महत्या गर्ने गरेको अंकुर नेपालको अध्ययनले देखाएको छ । भाषा, संस्कृति तथा खानपान आफूसुहाउँदो नहुँदा, सहकर्मी र रोजगारदाताको दुव्र्यवहारका कारण कामदारले आत्महत्या गरेको हुन सक्ने खतिवडाको भनाइ छ ।

यसबाहेक महारोग लागेको शंका, घरपरिवारले रकमको दुरुपयोग गरेको अवस्था, काम गर्न नसक्दा, नेपाल फर्कन पनि नपाउँदा र कमजोर शारीरिक विचलनका कारण पनि आत्महत्या बढेको उनले बताए ।

सुतेको अवस्थामा मृत्यु हनेको संख्या बढ्नुमा अध्यधिक मदिरा सेवन रहेको खतिवडाको भनाइ छ । यसबाहेक नियमित स्वास्थ्य परीक्षण नगर्ने, व्यायामको अभाव र अध्यधिक चिसोबाट एक्कासि तातो वा तातोबाट चिसोमा बस्दा पनि सुतेकैै अवस्थामा मृत्यु हुने गरेको अध्ययनले देखाएको छ । आत्महत्याका घटना न्यून गर्न मनोसामाजिक चिकित्सकको नेपाली टोली परामर्शका लागि सरकारले कोरिया पठाउने तयारी गरेको ईपीएस कोरिया शाखाले जनाएको छ ।

कामदार भाषा परीक्षाको भरमा मेसिन चलाउने काममा संलग्न हुँदा कार्यस्थलमै मृत्यु हुने गरेको पूर्व श्रम सहचारी अनिलकुमार गुरुङ बताउँछन् । कोरियामा बढ्दो मृत्युको घटना न्यूनीकरणका लागि नेपाल तथा कोरिया सरकार र परिवार सबैले ध्यान दिनुपर्ने उनको सुझाव छ । मानसिक रूपमा कमजोर भएका र औषधि प्रयोग गरिरहेकालाई दक्षिण कोरिया पठाउन नहुने गुरुङको भनाइ छ ।

बढ्दो मृत्युका घटनालाई ध्यानमा राख्दै शाखाले दक्षिण कोरियाको एचआरडीसँग त्यहाको ‘हेन्थ एन्ड सेफ्टी एक्ट’ मा परिवर्तन गर्न आफूहरूले पहल गरिरहेको खतिवडाको भनाइ छ । त्यसबाहेक नेपालले आफ्नो तर्फबाट परीक्षा प्रणालीमा सुधार गर्ने तथा जानुभन्दा पहिले दिइने शिक्षालाई प्रभावकारी बनाउने खतिवडाले जानकारी दिए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here