भाद्र ९,  बहुर्राष्ट्रिय विद्युतीय कम्पनी सामसङका उत्तराधिकारी भनिएका लि जे–योङलाई भ्रष्टाचार मुद्दामा दक्षिण कोरियाली अदालतले ५ वर्षको जेल सजाय तोकेको छ ।
पूर्व राष्ट्रपति पार्क गुयेन हेईविरुद्धको महाअभियोगसँग जोडिएको भ्रष्टाचार मुद्दामा जे–योङ पनि मुछिएका हुन् । जो–योङले राजनीतिक लाभ लिनका लागि पूर्व राष्ट्रपति पार्कका साथी चोइ सून–सिलद्वारा सञ्चालित गैरनाफामुलक कम्पनीलाई ३ करोड ६० लाख डलर सहयोग गरेको आरोप छ ।
आफ्ना बुबा लि कुन हि विरामी रहेकाले सामसङको सम्पुर्ण जिम्मा जे–योङले लिएका छन् । सोही काण्डमा पूर्व राष्ट्रपति पार्ककी साथी चोईले ३ बर्षको जेलसजाय भोगिरहेकी छन् । सो मुद्दा शुरु भएपछि सामसुङको शेयर समेत खस्कन थालेको बीबीसीले उल्लेख गरेको छ । इकान्तिपूर वाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here