९ भदौ, काठमाडौं । थाइल्याण्डकी पूर्व प्रधानमन्त्री यिङलुक सिनावात्रा देश छाडेर भागेकी छन् । अनुदानको चामलमा भएको अनियमितता सम्बन्धी मुद्दामा अदालतले फैसला गर्नुभन्दा अघि उनी भागेको बताइएको छ ।

उनको पार्टीका निकट व्यक्तिहरुले बताए अनुसार अदालतको फैसलाको केहि समयअघि उनले अप्रत्यासित रुपमा देश छाड्ने निर्णय लिइन्

सिनावात्रा उनीबिरुद्ध थाई सर्बोच्च अदालतमा चलिरहेको मुद्दाको सुनुवाइका लागि शुक्रबार अदालतमा उपस्थित हुनुपर्ने थियो ।

अदालतले उनको जमानत जफत गरी पक्राउ पुर्जी जारी गरेको छ ।

सिनावात्राका वकिलले उनी बिरामी भएका कारण अदालतमा उपस्थित हुन नसकेको जानकारी दिएका छन् । तर अदालतले वकिलको तर्कलाई खारेज गरी मुद्दाको फैसला मिति सेप्टेम्बर २७ सम्मका लागि तोकेका छन् ।

१ विलियन डलर भन्दा बढीको थाइ सरकारको यस योजनामा आफूले कुनै अनियमितता नगरेको दावी सिनावात्राको छ । यस अनियमिततामा दोषी पाइए उनलाई १० वर्षसम्मको जेल सजाय तथा राजनीतिमा आजीवन प्रतिबन्ध हुनसक्छ ।

उनको पार्टी पुए थाई पार्टी स्रोतले रोयटर्ससाग कुरा गर्दै उनले थाइल्याण्ड छाडिसकेको जानकारी दिएको छ । तर उनी कहाा छिन् भन्ने बारेमा भने केहि खुलाएको छैन ।

यसअघि थाई प्रधानमन्त्री प्रायुथ चाङ ओचाले देशका सबै नाकामा कडा निगरानी राख्न निर्देशन दिएका थिए ।

‘मैले भर्खरै सुनेा कि उनी अदालतमा उपस्थित भइनन्’, प्रधानमन्त्री ओचाले पत्रकारहरुसाग भने, ‘मैले मुलुकका सबै सीमामा निगरानी राख्न भनेको छु ।’अनलाईन खवर वाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here