सांकेतिक तस्विर

९ भदौ, पोखरा । पोखरा–लेखनाथ महानगरपालिका–९ स्थित नेपाल बैंक लिमिटेडको पृथ्वीचोक शाखामा गएराति १० बजेतिर आगलागी भएको छ ।

विद्युत् सर्ट भई शाखाको काउन्टरमा आगलागी शुरु भएपछि बैंकका सुरक्षा गार्डले तुरुन्तै महानगरपालिकाको बारुणयन्त्रलाई खबर गरेका र बारुणयन्त्र समयमै पुगी आगो निभाएकाले आगो अन्यत्र फैलन नपाएको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक खड्गबहादुर खत्रीले जानकारी दिए ।

आगोले बैंकको काउन्टरमा रहेका पाँचवटा कागजका पोकामा क्षति पुर्याएको बताइएको छ । आगोले बैंकको ढिकुटीमा रहेका नोटलाई भने कुनै क्षति नपुर्याएको प्रहरीले जनाएको छ ।

समयमा नै आगो नियन्त्रण गर्न नसकेको भए ठूलो क्षेती हुने थियो । वारुण यन्त्र तयारी अवस्थामा भएका कारणले सूचना पाउदा वित्तीकै महानगरको टोली आगो नियन्त्रणमा लागेकाले थप क्षती हून वाट जोगिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here