८ भाद्र कूश्मा पर्वत ,  चाडवाड र पर्वहरुमा सपरिवार भेटघाट हुने संगै खाने,दुःख सूखका कूरा गर्ने र रमाएर दिन विताउने गर्दछन् तर पर्वतको मालढुड्गामा रहेको माझी वस्तीमा त्यस्तो कूनै रौनक देखिदैन । सवै आप-नो दैनिक हातमूख कसरी जोर्ने भन्ने चिन्तामा दिन विताएका हुन्छन् ।

बजारका महिलालाई दैनिकजसो दुई/तीन ठाउँमा नाचगानसहित दर खाने कार्यक्रमको भ्याइनभ्याइ छ । तर, यहाँको माझी बस्तीकी चन्द्रकुमारी माझीलाई भने तीजको वास्ता भएको देखिँदैन । बुधबारको दर खाने दिन पनि बस्तीभरिका महिलापुरुष कालीगण्डकी किनारमा बालुवा निकाल्न व्यस्त थिए ।

‘सधैं एकनासले दिनभर बालुवा नउठाए भोकै भइन्छ,’ चन्द्रकुमारीले भनिन्, ‘हाम्रा लागि वर्षभरिका सबै दिन उस्तै हुन् । फुर्सद र धन भए पो चाडबाड ।’ पोखरा–बागलुङ राजमार्गअन्तर्गत कुश्मा–१ पाङमा पर्ने कालीगण्डकी किनारमा करिब डेढ सय परिवारको बस्ती छ । पोखरा–बागलुङ सडक निर्माणका क्रममा २०४८ सालतिर धादिङ, गोरखा र तनहुँलगायतबाट आएका मजदुरहरू यहीं छाप्रा बनाएर बसेका हुन् । तर, उनीहरूसँग घरबास गरेका ठाउँको न लालपुर्जा छ न त काम नचलेका दिनको गाँसको ठेगान । राजमार्गको काम गर्दै यहाँसम्म आइपुगेपछि स्थायी बसोबास गरेकाहरू सडकको काम सकिएपछि बेरोजगारजस्तै बने ।

कुश्मा, बागलुङ र बेनीका निर्माण व्यवसायीहरूले यिनीहरूबाट प्रतिट्याक्टर २२ देखि २७ सय रुपैयाँमा खरिद गर्छन् । व्यवसायीले किनेको बालुवा बजारमा ५ देखि ६ हजारमा बिक्री गर्छन् । बालुवा बिक्रीमा व्यवसायीले लगाएको सिन्डिकेटकै कारण श्रमिकले सिधै बिक्री गर्न पाउँदैनन् । यहाँका अधिकांश पुरुष निर्माण मजदुर तथा ट्याक्टरमा काम गर्छन् । केही खाडी मुलुकमा वैदेशिक रोजगारीमा छन् । विपन्न र गरिबीका कारण बालबालिकालाई राम्रो शिक्षा दिन सकेका छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here