काठमाडौं -प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो नेतृत्वको सरकारमा २३ जना राज्यमन्त्री थपेपछि मन्त्रालय भद्रगोल बनेका छन् । देउवाले ठूलो संख्यामा राज्यमन्त्री थप गरेपछि मन्त्रालय भद्रगोल बनेका हुन् ।

साना मन्त्रालयमा राज्यमन्त्री बस्ने ठाउँ नभएपछि सहसचिवको कार्यकक्षलाई राज्यमन्त्रीको कार्यकक्ष बनाइँदा सहसचिवहरू उपसचिव तथा अधिकृतका कोठामा बस्न बाध्य छन् ।

५० सदस्यीय देउवा सरकारमा २३ राज्यमन्त्री र २६ मन्त्री छन् । ५० जना मन्त्रीहरूलाई व्यवस्थापन गर्न मन्त्रालयको प्रशासनिक नेतृत्वलाई हम्मेहम्मे परेको छ । प्रधानमन्त्री देउवाले आफ्नो शपथकै दिन २३ जेठमा सात जनालाई मन्त्री बनाएका थिए । उनले ५० दिनसम्म सात जना मन्त्रीबाटै काम चलाएका थिए ।

११ साउनमा मन्त्रिमण्डल विस्तार गरी उनले १९ मन्त्री थपे । चार दिनअघि मात्रै माओवादी केन्द्रबाट आठ जना राज्यमन्त्री थपेका प्रधानमन्त्री देउवाले मंगलबार चौथो पटक कांग्रेस र लोकतान्त्रिक फोरमबाट १५ जना राज्यमन्त्री थपे ।

सिंहदरबारस्थित मन्त्रालयमा बुधबार पुग्दा मन्त्रालयका सहसचिव आफूहरू विस्थापित हुनुपरेको गुनासो गरिरहेका थिए भने मन्त्रालयका दैनिक कार्य सम्पादन नै भद्रगोल बनेको थियो ।

साना र कार्यबोझ कम भएका पशुपक्षी विकास मन्त्रालय, सहकारी तथा गरिबी निवारण मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, सिँचाइ मन्त्रालय, खानेपानी तथा सरसफाइ मन्त्रालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय, सामान्य प्रशासन मन्त्रालय, आपूर्ति मन्त्रालय, वाणिज्य मन्त्रालयमा राज्यमन्त्री आए पनि उनीहरूका लागि गर्ने काम र जिम्मेवारी भने खासै नहुने सचिवहरूको तर्क छ । अन्नपूर्ण दैनिकमा खवर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here