सर्लाही, ७ भाद्र – वर्षाको पानी जमेको खाल्डोमा डुबेर सर्लाहीमा मंगलबार एक जनाको ज्यान गएको छ ।

अर्घाखाँचीका ३२ वर्षका दीपक थापाको हरिपुर नगरपालिका-७ चिताईनको पाँचकुमारी खोलाले बनाएको खाल्डोमा डुबेर ज्यान गएको स्थानीय बासिन्दाले बताएका छन् । मगर चिताईनमा रहेको एक चाउमिन उद्योगमा मजदुरको रुपमा काम गर्दै आएका थिए ।

केही दिनअघि मात्र पाँचकुमारी खोलाले बनाएको यही खाल्डोमा डुबेर एक युवकको ज्यान गएको थियो । त्यस्तै  सोमबारदेखि बागमती नदीले बगाएर बेपत्ता भएका बालकको मंगलबार शव फेला परेको छ । आमासँगै खोलामा नुहाउन गएका बागमती नगरपालिका-४ कर्मैया नयाँबस्तीका ८ वर्षका सुशान्त मगर मृत भेटिएका हुन् । बालकलाई बागमती खोलाले बगाएर सर्लाहीको राजघाट पुर्‍याएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यलय बरहथवाका प्रहरी निरीक्षक लालकुमार कुर्मीले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here