६ भाद्र काठमाडौं : केही शीर्ष नेताले पार्टी छोडेपछि नयाँ शक्ति पार्टी, नेपालले नयाँ नेतालाई जिम्मेवारी दिँदै कार्यविभाजन गरिएको छ। सोमबार काठमाडौंमा बसेको नयाँ शक्ति पार्टी, नेपालको प्रथम महाधिवेशन आयोजक समितिको विस्तारित बैठकले प्रदेशको नेतृत्व र केही विभागको नेतृत्वका बारेमा निर्णय गरेको हो।

साथै साउन ११-१३ सम्म बसेको संघीय परिषद्को बैठकले तत्कालीन केन्द्रीय कार्यकारी समिति विघटन गरेपछि गठित महाधिवेशन आयोजक समिति अन्तरगत तीन वटा समान हैसियतका अंगहरु केन्द्रीय कार्यकारी समिति, विज्ञ परिषद् र संरक्षक परिषद् हुने निर्णय पनि बैठकले गरेको छ। तीन वटै अंगको संयोजक पार्टी संयोजक नै हुनेछन्। बैठकले तीनवटै अंगमा सदस्यहरु चयन पनि गरेको छ।

बैठकले देशव्यापी रुपमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ। जसअनुसार भदौ १० र ११ गते २ प्रदेशको जनकपुरमा, १२ र १३ गते ३ प्रदेशको काठमाडौंमा, १५ र १६ गते ४ प्रदेशको पोखरामा, १८ र १९ गते ५ प्रदेशको बुटवलमा, २१ र २२ गते ७ नं. प्रदेशको धनगढीमा, २४ र २५ गते ६ नं. प्रदेशमा र २८ र २९ गते १ नं. प्रदेशको धरानमा प्रशिक्षण कार्यक्रम सञ्चालन हुनेछ। साथै असोज २ मा हुने २ नं. प्रदेशको स्थानीय निर्वाचनका लागि रामरिझन यादवको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय पनि भएको छ।

नयाँ कार्यविभाजन निम्नानुसार भएको छ:

१. प्रदेशको कार्यविभाजन

प्रदेश इञ्चार्ज संयोजक
प्रदेश नं. १ परशुराम खापुङ राजेन्द्र किराँती
प्रदेश नं. २ अरविन्द साह डा. सुरेन्द्र यादव
प्रदेश नं. ३ हिसिला यमी सोनामसिं स्याङतान
प्रदेश नं. ४ देवेन्द्र पराजुली रुद्र गुरुङ
प्रदेश नं. ५ नवराज सुवेदी दानबहादुर चौधरी
प्रदेश नं. ६ भक्तबहादुर शाह शरुण वाठा मगर
प्रदेश नं. ७ भीमबहादुर कडायत कृष्णकुमार चौधरी
प्रवास जनक शाह

२. विभाग/समिति/संयन्त्र/आयोगहरुको कार्यविभाजन

क) केन्द्रीय कार्यालय व्यवस्थापन तथा अनुगमन विभाग
संयोजक-गंगानारायण श्रेष्ठ

ख) सूचना, सञ्चार, प्रचार तथा प्रकाशन विभाग
संयोजक-प्रशान्त सिंह
सह-संयोजक-अरुणा रायमाझी

ग) स्रोत परिचालन तथा व्यवस्थापन समिति
संयोजक-नारायणराज पाण्डे
सह-संयोजक-सुनिल खँड्का

घ) राजनीतिक-सामाजिक अभियान परिचालन समिति
संयोजक-प्रेम तामाङ

ङ) प्रशिक्षण विभाग
संयोजक-डम्बर खतिवडा

च) संसदीय मामिला तथा सत्ता समन्वय विभाग
संयोजक-केशव दाहाल
सह-संयोजक-डा. मुक्ति रिजाल

बाँकी विभाग, समिति, संयन्त्र, आयोगहरुको कार्यविभाजन संयोजकले अन्य नेताहरुसँगको परामर्शमा तय गर्नेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here