साजन परियार, फलेवास ।तिजको अवसरमा फलेवास नगरपालिका ४ मुडिकुवामा तिजको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । नेपाली काँग्रेस गाउँ कार्यसमिति मुडिकुवा र तरुण दल मुडिकुवाको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी नेपाली काँग्रेस पर्वतका पूर्व जिल्ला सभापति एवं महासमिति सदस्य नवराज गुरुङले नेपाली काँग्रेसले जनताको भावना वुझेर अवको राजनीति गर्नुपर्ने वताउनुभयो । उहाँले काँग्रेसका कार्यकर्ताहरुमा उर्जाको कमी भएको उल्लेख गर्दै अव काँग्रेसका कार्यकर्ताहरुलाई उर्जाशिल वनाउनुपर्ने आवश्यकता औल्याउनुभएको छ ।

कार्यक्रममा बोल्दै कुश्मा नगरपालिकाका उपप्रमुख सिता काफले लामिछानेले तिजले सबै महिलाहरुलाई अव हिम्मत गरेर नेतत्ृवमा आउने प्रेरणा प्राप्त होस भन्ने शुभकामना व्यक्त गर्नुभयो । धेरै क्षमता भएर पनि महिलाहरु अहिलेपनि चुलोचौकोमा सिमित वनेको औल्याउँदै लामिछानेले महिलालाई घरवाहिर ल्याउन पुरुषको पनि साथ आवश्यक रहेकोमा जोड दिनुभएको छ ।

कार्यक्रममा फलेवास नगरपालिका ४ मुडिकुवाका वडाध्यक्ष टिकाराम गौँडेल, नेपाली काँग्रेसका महासमिति सदस्य राधाकुमारी कुँवर क्षेत्री, नेपाली काँग्रेस जिल्ला कार्यसमितीका सदस्य देविप्रसाद विलासी, पूर्व जिल्ला कोषाध्यक्ष कृष्ण शर्मा गौँडेल, तरुण दलका जिल्ला सदस्य दिनेश लामिछाने,साहित्यकार ईश्वर सत्य लगायतले वोल्नुभएको थियो ।

कार्यक्रममा तिजगितमा महिला दिदिवहिनीहरु रमाउँदै दर खाएका छन् । नेपाली काँग्रेस गाउँ कार्यसमितिका सभापति पूनाखर गौँडेलको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन सागर गौँडेलले गर्नुभएको थियो ।  कार्यक्रममा लोकगायक विमलराज क्षेत्री, चित्रसागर श्रेष्ठ, आरसी पौडेलले विभिन्न तिजका भाका गाएर मनोरन्जन दिनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here