शिवराज शर्मा ६ भाद्र कूशमा पर्वत । नेपाली हिन्दू महिलाहरुको माहान पर्व हरीतालिका तिजको अवसरमा छमर्के आमा समूहले समूहका सदस्य एवं सरोकारवालाहरुलाई दर खुवाएको छ । उक्त दरखाने कार्यक्रमको प्रमूख अतिथि कूश्मा नगरपालिकाका प्रमूख रामचन्द्र जोशीले उद्धघाटन गरेका थिए । कार्यक्रमको उद्धघाटन गर्दै नगर प्रमूख जोशीले यस छमर्के मेरो आपनै वडा पनि भएकाले यहांको समस्याको वारेमा जानकार रहेको धारणा व्यक्त गरे । यस वडामा पहिले स्थापना भएको ढुङ्गे देउराली आमा समूहले शुरु गरको काम हाल परिमार्जित भई छमर्के आमा समूहले गरेको स्मरण गर्दै आमा समूहले गरेका कार्यहरुको प्रशंसा गरेका थिए । आपनै वडा भएता पनि निर्वाचित भए पछि पहिलो पटक यस स्थानमा आएकाले निर्वाचनमा अमूल्य मतदान गर्ने सवैलाई धन्यवाद समेत ज्ञापन गरेका थिए । आमा समूहले आपनो आय आर्जन वढाउने देखि सामाजिक विकासका लागी नगरमा योजना माग गरेका २० प्रतिशत आफै लगानी गर्नुपर्ने र नगरले ८० प्रतिशत रकम उपलव्ध गराउने प्रतिवद्धता समेत व्यक्त गरे । समाजमा रहेका जेष्ठनागरिकहरुको सम्मान गर्नु सहनिय कार्य रहेकाले यस्ता कार्यहरु आगामी दिनमा वढाउदै जान सूझाव समेत दिएका थिए । त्यस्ता सकरात्मक कामका लागी कूश्मा नगर सधै यहांहरु संग हातेमालो गर्न चाहेको धारण व्यक्त गरे ।

त्यसै गरि उप प्रमूख सीता काप-ले लामिछानेले महिलाहरुको समस्या महिलाहरुले नै वुभने भएकाले यहांहरुको विकासका लागी कूश्मा नगरपालिाकाले सक्दो सहयोग गर्ने वचन दिएकी थिइन । महिलाहरुको शसक्तिकरण र क्षमता विकासमा आफू लागि पर्ने धारणा व्यक्त गर्दै तिजको शूभकामना दिएकी थिईन ।

त्यसै गरि कार्यक्रममा कूश्मा नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष मीना कर्माचार्य,लोकतान्त्रिक गैरसरकारी संस्थामहासंघका जिल्ला अध्यक्ष गणेश वहादुर क्षेत्री,वडा नं. ४ का वडा सदस्य टेकनारायण श्रेष्ठ,कालीगण्डकी छमर्के पाताल सामूदायिक वन उपभोक्ता समूहका अध्यक्ष गंगा शर्माले शुभकामना व्यक्त गरेका थिए ।

वि.स. २०७१ सालमा स्थापना भएको आमा समूहले समाजमा झैभगडा कम गर्ने,सांस्कृतिक एवं धार्मिक विकासका लागी गणेश मन्दिर निर्माण र समाजमा हुने विवाह,भोज भतेरका लागी चाहिने एक सेट भाडा खरिद गरि सेवा दिदै आएको छ । उक्त कार्यक्रममा जेष्ठ नागरिक तोयनाथ चापागाई,देव कूमारी चापागाई,लाल वहादुर कार्की,नर वहादूर खत्री,खरु फगामी र अपाङ्ग तथा फरक क्षमता भएका शूरेस पून,रमेश नेपाली,सावित्री चापागाई लाई खादा,अविर र दोसल्लाले सम्मान गरिएको थियो । यस दर खाने कार्यक्रमले सदस्यहरुका विचमा रमाईलो र आत्मियता विकास हूने धारणा कार्यक्रमकी अध्यक्ष गम्भीरा कार्कीले वताईन । उक्त कार्यक्रमको स्वागत समूहकी सह सचिव लक्ष्मी पूनले र संचालन समूहकी सचिव सरीता पूर्जाले गरेकी थिईन ।