साजन परियार, फलेवास जथाभावी माटरबाटो खन्ने क्रममा जिल्लाको सबैभन्दा ठुलो र लामो नहर धरापमा परेको छ । पर्वतको फलेवास नगरपालिकाको ३ सय ४१  हेक्टर जग्गा सिँचाई हुने फलेवास नहर सडक निर्माण गर्ने क्रममा धरापमा परेको हो । मोटरबाटो विस्तारका क्रममा जथाभावी बाटो खन्ने प्रवृतीका कारण नहर भत्कीन थालेको छ ।

नेपाल सरकार र एसियाली विकास बैंकको सहयोगमा वि.स.२०४१ सालमा निर्माण भएको नहर मोटरबाटो निर्माण सँगै भत्कीने अवस्थामा पुगेको छ । बषैदेखी जिर्ण बनेको नहर सडक विस्तार सँगै ठाउँठाउँमा भत्कीन लागेको हो ।  स्थानियवासीले विरोध गर्दागदै पनि मोटरबाटो निर्माण समिति र उपभोक्ता समितिको नहर सँगै मोटरबाटो खनेपछि नहर धरापमा परेको स्थानियवासीको गुनासो छ । ‘ठाउँठाउँमा भत्कीँदै गएपछि नहरमा आधा परिमाणमा पनि पानी आपुर्ती हुदैन, नहरको मर्मत संम्भार नहुँदा  पहिराको समेत उच्च जोखिममा परेको छ, ‘स्थानिय इन्द्र सापकोटाले भन्नुभयोे,‘नहरको मर्मतका लागि कसैले चासो दिदैनन् ।’

सडक विस्तार सँगै नहर साँधुरिदै जान थालेको छ । करिव ७  किलो मिटर लामो र दुई मिटर चौडा भएको नहर अहिले साँधुरिदै जान थालेपछि थानिय किसान चिन्तत बनेका छन् ।‘ठाउँठाउँमा भत्कीँदै गएपछि नहरमा आधा परिमाणमा पनि पानी आपुर्ती हुदैन ।,‘नहरको मर्मत संम्भार नहुँदा  पहिराको समेत उच्च जोखिममा परेको छ फलेवास नगरपालिकाका–६ देविस्थानका कृषक भरत श्रेष्ठले भने, ‘ठाउँठाउँमा भत्कीँदै गएपछि नहरमा आधा परिमाणमा पनि पानी आपुर्ती हुदैन । नहरको मर्मत गर्न कसैले चासो दिएनन् । हामी बोलेको कसैले सुनेनन् ।’

नहरबाट करिव २ सय भन्दा बढि घरधुरी लाभान्वीत छन् । सडक विस्तारका क्रममा नहर पुरिँदै गएपछि बर्खायाममा समेत धान रोप्न समस्या भएको छ । विगतका बर्षमा हिउँदेयाममा नहरभरी पानी आउँथ्यो,‘स्थानिय गोपाल पौडेलले भने, अहिले नहरमा बर्खायाममा समेत पानी आउन छोड्यो । धान उत्पादनको पकेट क्षेत्र मानिने फलेवास क्षेत्रमा धान उत्पादनमा ह्रास आउन थालेको छ । धान उत्कपादनको पकेट क्षेत्र मानिएको फलेवासमा धान सँगै आलु, गहुँ, तोरी, फापर, जौ जस्ता खाद्यान्न यस क्षेत्रमा उत्पादन हुन्छ ।

कालीगण्डकी लोकमार्ग निर्माण तथा विस्तारका क्रममा समेत नहरमा क्षति पुगेको छ । लोकमार्ग विस्तारका क्रममा नहर पुरिएपछि स्थानियवासी आन्दोलित समेत भएका थिए । फलेवास नगरपालिका–३ शंकरपोखरी हुदै खानीगाउँ, देविस्थान, मुडिकुवा लगायतका चार सय हेक्टर जमिन सिँचाई हुने नहर जीर्ण भएपनि मर्मत गर्न सम्वन्धित निकायको ध्यान जान सकेको छैन । लमायखोलाको मुहानबाट शुरु हुने फलेवास नहर जिल्लाकै सबैभन्दा ठुलो र लामो नहरको रुपमा मानिन्छ ।

नहर मर्मतका लागि पटक–पटक रकम आएपनि रकम अभावका कारण नहर मर्मत गर्न समस्या भएको फलेवास नहर सिँचाई आयोजनाका सचिव किशोर रेग्मीले बताउनु भयो ।‘नहर मर्मतका लागि कम्ती ५० लाख आवश्यक पर्छ उनले भने,‘रकम अभावका कारण नहर मर्मत गर्न सकिरहेका छैनौ । नहर जोखिमबारे सम्वन्धित निकायलाई  जानकारी गराउँदा वेवास्ता गरेको आरोप छ । यो समस्याको बारेमा खानीगाउँमै घर भएका साँसद विकास लम्सालले पनि खासै चासो नदिएको कृषकहरुको गुनासो छ ।

फलेवास नगरपालिकाले पनि नहर सम्वन्धित ठोस कार्यक्रम नल्याएको भन्दै फलेवासी जनता रुष्ट बनेका छन् । बेलैमा नहरको समस्याबारे सोच्न कृषकहरुको सुझाव छ । फलेवास क्षेत्र पर्वतको समथर र बढि मात्रा खाद्यन्न र तरकारी उत्पादन हुने क्षेत्र हो । तर त्यहाँको खेत फलेवास नहरको भरमा सिँचाई हुँदै आएको छ । पछिल्लो समय नहर नै भत्किँदै र पुरिँदै जाँदा सिचाईको समस्या देखिन थालीसकेको छ । त्यसैले स्थान्ीयक कृषकहरु नहरको संरक्षण तर्फ सम्बन्धित निकायको चासो जाओस भन्ने माग गरेका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here