४ भाद्र कूश्मा पर्वत । अगन्धर तिवारी नौ महिनाको हुँदा बुवा भिरबाट लडेर निधन भयो । मजदुरी गरेर परिवार पाल्नुपर्ने अभिभावककै निधनपछि परिवारको बिचल्ली भयो । बाबु बितेको दुई महिना नबित्दै उनकी आमा आलुमा पानी लगाउन खेतमा गएको बेला आगोको अगेनामा अगन्धर तिवारी पर्नुभयो । उहाँको हात र खुट्टा जल्यो । आमा फर्केर घर आउदा छोरो अगेनामा आगोमा चिच्याएर रुदै थिए । आमा आत्तिदै अगेनाबाट अगन्धरलाई निकाल्नुभयो । अगन्धरलाई कसैले बाच्छ भनेनन् । मर्छ भनेर कसैले वास्ता नै गरेनन् । तर आमाको माया त हो आमाले हिम्मत हारिनन् । नजिक अस्पताल थिएन् । दुई दिन लगाएर बागलुंग अस्पताल पु-याउनुभयो ।

                                   संयोग नै भन्नुपर्छ त्यतिबेला बेलायतबाट बिशेषज्ञ चिकित्सकको टोली वागलुङ आएको रहेछ त्यही टोलीले दुई महिना लामो उपचार पछि बचाएको थियो अगन्धर तिवारीलाई । उहाँको खुटटाका औँला र पैताला नै छैन, एउटा हातका औँला पनि आगोले भस्म पारेको छ । त्यति हुँदा पनि घरको काम र स्कुलमा पढ्दै गर्दा उहाँले घरको गर्जो टार्न तरकारी वोकेर पढाई खर्च र घरखर्ची चलाउन थाल्नुभयो । कुश्मावजार र पर्वतका गाउँ गाउँमा तरकारी वोकेर पु-याउने तिवारीलाई सबैजसोले मिहेनती केटोको रुपमा सानैदेखि चिन्थे । यसो गर्दैगर्दा घरमा आर्थिक समस्यापछि उहाँ म्याग्दी जिल्लामा कामका शिलशिलामा पुग्नुभयो । त्यतिबेला मुस्तांगबाट स्याउ बाहिँरिदै थियो ।

भारतीय नागरिकसँग मासिक पाँच सय तिर्ने गरी ठेला भाडामा लिएर तरकारी र फलफुल बितरण गर्न काममा लाग्नुभयो अगन्धर । त्यतिबेला उहाँले दैनिक एक सय देखि १५ सयसम्म कमाउन थाल्नुभयो । पढाई पनि व्यपार पनि संगै । त्यतिकैमा उहाँले बिहानको समयमा पत्रिका बितरण गर्न थाल्नुभयो । ठेलामा राखेर पनि धेरै समय पत्रिका वाँड्ने अगन्धर तिवारीलाई पत्रकार वन्ने ठुलो धोको थियो । पत्रिका केही सयम बितरण गरेपछि तिवारी पोखरापत्रमा संबाददाता हुनुभयो । लगत्तै उहाँ राजधानी दैनिक हुँदै एभिन्युज टिभीमा काम गर्न थाल्नुभयो । एभिन्युजमा काम गर्दागर्दै कान्तिपुर टिभिमा काम सुरु गरेका अगन्धर अहिले धौलागिरीकै सक्रिय पत्रकार भित्र गनिनुहुन्छ ।

नेपाल प्रेस युनियन म्याग्दीका पूर्वअध्यक्ष तिवारी अहिले नेपाल पत्रकार महासंघको २५ औ महाधिवेशनमा केन्द्रीय सदस्य अपांग कोटामा उम्मेदवार बन्नुभएको छ । आफुले पत्रकारितावाट कमाएको केहि अंश उहाँले पर्वतका विद्यालयमा अक्षयकोष स्थापना गर्ने, अस्पतालमा स्टेचर सहयोग गर्ने, पोल पु-याउने, सिँचाई र कुलो वनाउने, वालवालिकालाई पढाई खर्च जुटाउने र पत्रिकामा पनि यस्तै मानविय संवेदनाका विषयलाई उतार्ने काममा उहाँको कर्म वनेको छ । उहाँ अहिले पत्रकार महासंघको केन्द्रिय सदस्यको उम्मेदवारको रुपमा प्रस्तुत भएर तपाईँको एक मतको अपेक्षामा हुनुहुन्छ । उहाँलाई जिताउनु हामी सबैको दायित्व हो । तपाईको अमुल्य एक भोटको अपेक्षामा अगन्धर तिवारी हुनुहुन्छ । मानविय संबेदना बुझौ, अगन्धर तिवारीलाई मतदान गरी जिताऔ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here