३ भाद्र कूश्मा पर्वत , क्लवका पदाधिकारीहरुलाई आफ्नो काम, कर्तव्य र अधिकारको वोध गराई क्लवलाई थप प्रभावकारी वनाउने उद्देश्यले शनिवार पर्वत सदरमुकाम कुश्मावजारमा क्लव अफिसर ट्रेनिङ सेमिनार आयोजना गरियो । रोटरी क्लव अफ पर्वत तथा रोटरी क्लव अफ वाग्लुङको संयुक्त आयोजनामा सञ्चालित सो तालिम सेमिनारमा दुवै क्लवका गरी ३६ जनाको सहभागिता रहेको थियो ।
रोटरी क्लव अफ पर्वतका अध्यक्ष विप्लव हमालको अध्यक्षता, सचिव रो.उत्तम प्रसाद अधिकारीको सञ्चालनमा सम्पन्न कार्यक्रम रोटरी डिष्ट्रिक, ३२९२ नेपाल, भुटान, जोन–१२ का असिस्टेन्ट गर्भनर रो.नारायण प्रंसाद शर्माले दिप प्रज्वलन गरी शुभारम्भ गर्नु भएको थियो । तालिम शुभारम्भमा संस्थापक अध्यक्ष रो.विश्व प्रकाश प्रसाईले स्वागत गर्नु भएको कार्यक्रममा आरसी वाग्लुङका अध्यक्ष रो.पुर्ण वहादुर के.सी.ले शुभकामना मन्तव्य र निवर्तमान अध्यक्ष गणेश पौडेलले धन्यवाद मन्तव्य राख्नु भएको थियो । तालिम सेमिनारमा डिष्ट्रिक ट्रेनर एवम् डिष्ट्रिक सर्भिस प्रोजेक्ट कमिटि चियर रो.राजीव पोखरेलले सहजीकरण गर्नु भएको थियो । यो प्रभावकारी कार्यक्रमको आयोजना र व्यवस्थापनका लागि क्लवका अध्यक्ष रो.विप्लप हमालज्यूहरु र व्यवस्थापन समितिका संयोजक एवम् क्लव सेक्रेटरी रो.उत्तम अधिकारी साथै सवै साथीहरुलाई धेरै धेरै धन्यवाद एवम् आभार व्यक्त गरेका थिए ।