३ भादाै काठमाडाै  शिक्षा मन्त्रालयले शिक्षा ऐन आठौं संसोधनमा अस्थायी शिक्षकका लागि गरिएको व्यवस्थामा परिमार्जन गर्दै नवौं संसोधन विधेयक संसद सचिवालयमा दर्ता गरेको छ । शिक्षा ऐन आठौं संसोधन आफुहरुलाई अन्याय भएको भन्दै अस्थायी शिक्षक आन्दोलनमा उत्रिएपछि उनीहरुको माग सम्वोधन हुने गरी ऐन संसोधन प्रक्रिया अघि बढाएको शिक्षा मन्त्रालयको दावी छ ।
नयाँ विधेयकमा शिक्षक सेवा आयोगले अस्थायी शिक्षकका लागि तोकेको परीक्षामा फेल भएपनि सुविधा पाउने सहितको व्यवस्था गरिएको शिक्षा मन्त्रालयका प्रवक्ता हरि लम्सालले जानकारी दिनुभयो । यस्तै संशोधनमा २०६१ साउन २२ देखि २०६७ माघ ९ गतेसम्म नियुक्त भएका अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धामा सामेल गराउने ब्यवस्था समेटिएको छ ।
२०६७ साल माघ १० देखि २०७३ चैत १९ गतेसम्मका अस्थायी शिक्षकका हकमा आन्तरिक ६० र खुल्ला ४० प्रतिशत हुने व्यवस्था संशोधनमा समेटिएको लम्सालको भनाई छ । २६ हजार अस्थायी शिक्षक मध्ये सुविधा त्यागेर १५ हजार ६ सय ९७ ले परीक्षा रोजेका छन् । बाढीपहिरोका कारण देखाउदै शिक्षक सेवा आयोगले अस्थायी शिक्षकको परीक्षा भदौ १० गते पुर्‍याएको छ । यसअघि सो परिक्षा भोलीका लागि तोकिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here