३ भदौ कूश्मा पर्वत लोकतन्त्रमा पनि नागरिकले सरकारी निकायबाट सूचना पाउन अझै कठिन रहेको हिजाे  आयोजित एक कार्यक्रमका सहभागिले औल्याएका छन् ।
दशौ राष्ट्रिय सूचना दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालय पर्वतले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले सूचनाको हक लागू भएको दश वर्ष पुगिसक्दा समेत आम नागरिकसम्म हरेक सूचनाको पहुँच पुग्न नसकेको बताइएको हो । सूचनाको हक प्रयोग गर्नेमा पत्रकारहरु भएपनि सर्वसाधारणले भने नगन्य मात्रै सूचनाको हक प्रयोग गर्ने गरेको पाईएको छ ।
हरेक कार्यालयका पारदर्शिता र सुशासनसँग जोडिएको सूचनाको हकको प्रभावकारी कार्यान्वयनका लागि सवै पक्ष जिम्मेवार बन्नुपर्ने समेत कार्यक्रमका सहभागिले बताएका थिए । कार्यक्रममा बोल्दै जिल्ला समबन्य समितिका प्रमुख मनोहर बि पौडेलले सरकारले सूचना पाउने अधिकारको सुनिश्चित गरेको भन्दै सरकारी निकायमा रहेका जिम्मेवार व्यक्तिले सूचना दिन कुनै कमी गर्न नहुने बताउनुभयो । उहाँले समयमै सूचना नदिनु भनेको पनि गम्भीर भ्रष्टाचार हुने बताउँदै यसतर्फ जिम्मेवार व्यक्तिहरुले ध्यान दिनुपर्ने बताउनुभयो । पर्बतमा रहेका धेरै सरकारी कार्यलयहरुमा सूचना अधिकारीहरु तोकिएको र उहाँहरु स्वयं जिम्मेवार भएर सुचनाको हक प्रयोग गर्ने जो कोहिलाई पनि सुचना दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा जिल्ला न्यायधिश मोहनराज भट्टराईले कतिपय गोपनियताको हकभित्र पर्ने सूचना बाहेक नागरिक र आम संचार माद्यामले प्रकृयात रुपमा माग गरेका सुचना उपलव्ध गराउन कुनै आनाकानी गर्न नहुने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले सवै कार्यालयहरुमा तत्काल सूचना अधिकारी तोक्न तथा सुचना व्यवस्थापन गर्नका लागि र आम नागरिकहरुलाई जुनसुकै माध्यामबाट भएपनि माग गरेको अवस्थामा सूचना उपलव्ध गराउन निर्देशन दिनुभयो ।
पर्वतका विगत केहि वर्षदेखि सवैजसो सरकारी कार्यालयमा सूचना अधिकारी तोकिएको छ । सर्वसाधारणमा चेतनाको कमी हो या अन्य कारणले हक प्रयोग नहुने गरेको सुचना अधिकारीहरुको भनाई रहेको छ । व्यवस्थापिक–संसद्ले २०६४ साल साउन २ गते सूचनाको हकसम्बन्धीको विधेयक पारित गरेको थियो ।

विसं २०६४ साउन ५ गते विधेयक प्रमाणीकरण भएको थियो भने आजैका दिनदेखि सूचनाको हकसम्बन्धी ऐन लागू भएको थियो । सोही दिन पारेर राष्ट्रिय सूचना दिवस मनाउन थालिएको हो । सुचना दिबस मनाउन लागिएको अहिले १० बर्ष भएपनि पर्बतमा भने यो दोस्रो पटक मात्र सुचना दिबस मनाईएको हो ।
पर्बतमा धेरैजसो कार्यालयले सूचना अधिकारी तोकेपनि व्यवस्थित नहुँदा सूचना लिन समस्या पर्ने गरेको पत्रकारले बताएका छन् । सरकारी काम खुला र पारदर्शी बनाउन तथा सार्वजनिक निकायलाई जवाफदेही बनाउन सरकारले सूचनाको हकसम्बन्धी ऐन ल्याएको भएपनि कतिपय कार्यलयमा सुचना लिन जादा तत्काल सुचना पाउन नसकेको पत्रकारको गुनासो थियो ।

कार्यक्रममा बोल्ने बिभिन्न कार्यलयका प्रमुख तथा सुचना अधिकारी, पत्रकार लगायतका सरोकारवालाले सरकारले सूचना पाउने अधिकार दिएपनि व्यवहारमा भने त्यो पाउन समस्या रहेको, चाहेको बेलामा सही सूचना पाउन नसकेको गुनासो राख्दै यसमा सुधार गरेर लैजानुपर्ने धारणा राखेका थिए ।
सो अवसरमा पत्रकार राजेन्द्र पहाडिले सुचनाको हक सम्वन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here