२ भाद्र । भोटेकोसी बाढीले विस्थापित भएका सीमाका विपन्न बासिन्दा अझै सुरक्षित स्थानको खोजिमा भौतारिरहेका छन् । पाङ्सेर्पु पहाड झरेर आएको पहिरोले लार्चापुल पुरा ध्वस्त बनाएपछि हाल सीमाक्षेत्रमा विपन्न वर्ग मात्रै जोखिम मोलेर बस्न बाध्य छन् । त्यहाँका विस्थापित अरुले छोडेर गएको घरटहरामा आश्रय लिएर बसिरहेका छन् ।
‘अरुले छाडेर गएको घरमा आश्रय लिएर बसिरहेका छौ,’ भोटेकोसी गाउँपालिका तातोपानीकी साङ्मु शेर्पाले गिट्टी कुट्दै भनिन्,‘ छोराछोरी पढाउनको लागि गिट्टी कुटिरहेका छौ, गर्ने काम केही छैन् , जाने ठाउँ कतै छैन् ।’ उनले अहिले सुनसान भएपछि सबै कुरा चौपट भएको सुनाइन् । बासको अभावमा तातोपानी बजारमा अरुकै घरमा जोखिम मोलेरै बसिरहेको उनले जनाइन् । लिपिङ बजारमा तीन परिवार पहिरोको जोखिम मोलेरै बसिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here